संसार भन्नु तिमी नै मेरो, छुट्टएिर कहाँ बाँचुँ
तिमी लडे दुख्छ मलाई, घाउ एउटै कहाँ हाँसुँ ।
बोली, बचन अनि त्रि्रो हाँसोहरु सधैं देखुँ,
त्रि्रो-मेरो प्रेमकथाका, गीतहरु धेरै लेखुँ
मेरो भन्नु तिमी नै हौ, छुट्टएिर कहाँ बाँचुँ,
तिमी लडे दुख्छ मलाई, घाउ एउटै कहाँ हाँसुँ ।
आधा पेट खाऔं बरु, माया-प्रिती साट्न पाउँ
अँगालोमै कस्सिएर एउटा जूनी काट्न पाउँ,
जीवन भन्नु तिमी नै हौ, छुट्टएिर कहाँ बाँचुँ,
तिमी लडे दुख्छ मलाई, घाउ एउटै कहाँ हाँसुँ ।
चारजना नेपाली चेलीले अन्नपूर्ण चौथो हिमालको सफल आरोहण गरेका छन्। महिलाले अन्नपूर्ण चौथो हिमाल आरोहण गरेको यो पहिलो पटक हो। ६ हजार ८ सय मिटर उचाईको चौथो शिविरबाट राति एक बजे हिँडेका उनीहरुले बिहान सवा ५ बजे शिखरमा पाइला टेकेका थिए।
सोलुखुम्बुकी ३० वर्षीया निर्मा राई र २९ वर्षीया शान्तिकला राई, मनाङकी २४ वर्षीया मुना गुरुङ र पोखराकी २७ वर्षीया सरस्वती विकले ७ हजार ५ सय २५ मिटर अग्लो अन्नपूर्ण चौथो हिमाल आरोहण गरेको नेपाली महिला आरोहण २०११ कार्यसम्पादन समिति संयोजक तथा महिला सशक्तिकरणकी अध्यक्ष लक्की कार्कीले जानकारी दिइन्।
मंगलबार बिहान सवा ५ बजे चेलीहरुले आरोहण गरेको कार्कीले बताइन्। ‘सवा ५ बजे हाम्रा चारजना चेलीहरुले शिखर आरोहण गरेका छन्' उनले भनिन, ‘ज्यादै खुशी लागेको छ, नेपाली चेलीहरुले नाम राख्न सफल भएका छन्।'
कार्कीका अनुसार ६ हजार ८ सय मिटर उचाईको चौथो शिविरबाट राति एक बजे हिँडेका उनीहरु बिहान सवा ५ बजे शिखरमा पाइला हालेका थिए। करिब १० मिनेट शिखरमा बसेर उनीहरु अहिले तल ओर्लँदैछन्। समूहमा चेली सहित ११ जनाको समूह छ। (from agency)

'मान्छेको माया यहाँ, खोलाको पानीजस्तो...' यस्तै कालजयी गीतका गीतकार डा. राममान तृषित १७ जेष्ठमा हामीलाई सम्झनामा बिलाएर अस्ताएका छन् । नेपालीपन र नेपालीमनको गीत लेख्ने यीनै गीतकार तृषितको ७१ बर्षो उमेरमा निधान भएको हो ।
तृषितको राजधानीको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समय चिकित्सा पेशामा सक्रिय तृषितको स्वास्थ्यमा खरावी देखिएपछि तीन महिनाअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
आँसु झर्दाखेरि पनि रूवाई भन्न सकिएन
तिमी मेरो होइनौ पनि पराई भन्न सकिएन
कस्तो माया लाइएछ आˆनै मन मारिदिने
कस्तो बत्ती बालिएछ रातै लामो पारिदिने
यस्तै गीतका र्सजक तृषितप्रति संस्कृति मन्त्री खगेन्द्र प्रसाई, कांग्रेस महामन्त्री प्रकाशमान सिंहका साथै गितकार, संगितकार, साहित्कयार र कलाकारलगायत विशिष्ट व्यक्तिहरुले प्रज्ञा भवन पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।
उनका प्रकाशित कृति
सम्मान र पुरस्कार
छिन्नलता गीत पुरस्कार २०४७, व्यथित काव्य पुरस्कार २०६७, नातिकाजी विशेष सङ्गीत सम्मान २०६६, सुरभि नवरत्न स्रष्टा सम्मान २०६७, नेपाली साहित्य समिति विराटनगरबाट २०५३ मा सम्मानित, महाकवि देवकोटा सम्मान २०६६, गो.द.वा. चौथो २०४०, रेडियो नेपाल, हिमशिखर फाउण्डेशन, देवकोटा स्मृति सभा, सुगन्ध परिवार आदिबाट सम्मानित ।
तृषितको राजधानीको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समय चिकित्सा पेशामा सक्रिय तृषितको स्वास्थ्यमा खरावी देखिएपछि तीन महिनाअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
तृषित विगत दुई वर्षदेखि मृगौला र नशा सम्बन्धी रोगबाट पीडित हुँदै आउनु भएको थियो । तृषितको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ देखि १२ बजेसम्म कमलादीस्थित प्रज्ञा भवनमा राखिएको थियो ।
आँसु झर्दाखेरि पनि रूवाई भन्न सकिएन
तिमी मेरो होइनौ पनि पराई भन्न सकिएन
कस्तो माया लाइएछ आˆनै मन मारिदिने
कस्तो बत्ती बालिएछ रातै लामो पारिदिने
उनका प्रकाशित कृति
ड्ड फूल थरिथरिका ¬२०३३, एक मनको अनेक मृत्यु ¬२०३७, शोरा ¬२०४७, मनदेखिमनसम्म २०६५ गीत सङ्ग्रह । ड्ड क्षितिजको पृष्ठभूमिमा ¬२०५०, राममान ‘तृषित’का कविता ¬२०५४, बहुलाकोहातमा बन्दुक ¬२०५६ कविता सङ्ग्रह । ड्ड प्रेयसीका आँखासित पिरतीका कुरा ¬२०५४, गजल सङ्ग्रहड्ड अनुत्तरित प्रश्न ¬२०५७ लघुकविता सङ्ग्रहड्ड बन्दुकको नालबाट बाँसुरीको धून ¬२०५७, आज मान्छे खोज्नुपर्ने भएको छ¬२०५७, मुक्तक सङ्ग्रहड्ड भजनका नया पाइला ¬२०६४, भजन सङ्ग्रह,ड्ड लामबाहिर ¬निबन्ध सङ्ग्रह २०६१,ड्ड सर्जक ‘तृषित’का विचार शृफ्ला, कृति समीक्षा ¬२०६४ड्ड ६ वटा गीति एल्बम ।
सम्मान र पुरस्कार
छिन्नलता गीत पुरस्कार २०४७, व्यथित काव्य पुरस्कार २०६७, नातिकाजी विशेष सङ्गीत सम्मान २०६६, सुरभि नवरत्न स्रष्टा सम्मान २०६७, नेपाली साहित्य समिति विराटनगरबाट २०५३ मा सम्मानित, महाकवि देवकोटा सम्मान २०६६, गो.द.वा. चौथो २०४०, रेडियो नेपाल, हिमशिखर फाउण्डेशन, देवकोटा स्मृति सभा, सुगन्ध परिवार आदिबाट सम्मानित ।
अन्ततः दलहरुले आफ्नो कमाईखाने भाँडो सुरक्षित बनाएका छन् । जेठ १४ जनताले अब के हुन्छ भन्ने त्रासमा बिताएका थिए भने नेताहरुले आफ्नो कमाई खाने भाँडो संविधानसभालाई कसरी बचाउने भनेर रातभर जाग्राम नै बसेका थिए । कसरि थपियो संविधानसभाको म्याद, अनलाईनखबरले छापेको रिपोर्टिङ मैले यहाँ साभार गरेको छु, दलहरुबिच भएको सहमतिको पानासहित ।
'प्रमुख तीन दलबीच प्रधानमन्त्रीले राजीनामा दिने सहितका पाँच बुँदे सहमतिसँगै पहिलो चरणमा संविधानसभाको म्याद तीन महिना थपिएको छ ।
लामो छलफलपछि आइतबार विहान करिव सवा चारबजेतिर माओवादी, कांग्रेस र एमाले शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिने सहितको सहमति भएको हो ।
सहमतिसँगै बसेको संसदको बैठकले दुर्इ तिहार्इ बहुमतले अन्तरिम संविधानको धारा ६४ संशोधन गरी संविधानसभाको म्याद तीन महिना थपेको हो । निर्वाचनमा विधेयकको पक्षमा ५ सय ४ तथा विपक्षमा चार मत परेको थियो । बैठकमा ८८ जना सभासद भने तटस्थ बसेका छन् ।
प्रमुख तीन दलबीच तीन महिनाभित्र शान्ति प्रक्रियाका मूलभूत काम सम्पन्न गर्ने, तीन महिनाभित्र संविधाननसभाबाट संविधानको पहिलो मस्यौदा तयार पार्ने सहमति भएको छ ।
तीन महिनामा शान्ति प्रक्रिया पुरा भएपछि पुनः म्याद थपिने कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो । सहमतिको तेस्रो बुँदामा नेपाली सेनालाई समावेशी बनाउने लगायतका मधेसी मोर्चासँग विगतमा भएका सहमतिहरुको प्रभावकारी कार्यानवयन गर्ने उल्लेख छ ।
यसैगरी सहमतिको चौथो बुँदामा संविधानसभाको समयावधि तीन महिना थप्ने तथा पाँचौ बुँदामा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा गरी मार्गप्रशस्त्र गर्ने उल्लेख छ ।
सहमति पत्रमा माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनालले हस्ताक्षर गर्नु भएको छ ।'
सूचना-प्रविधिमा भएको द्रुतत्तर विकासले अहिले असम्भव कुराहरुलाई पनि सम्भव तुल्याउँदै लगेको छ । हालै क्यानेडिएन अनुसन्धाताहरुको एक टोलीले क्रेडिट कार्डजस्तै लचकता भएको जहाँ पनि बोक्न मिल्ने 'प्लास्टिक स्मार्ट फोन' को विकास गरेका छन् ।
'डब्ड पेपरफोन' नाम दिइएको '९.५ डायगोनल थिन फिल्म फ्लेक्जिवल डिस्प्ले' भएको उक्त स्मार्टफोन आगामी दिनको पेपर-थिन हृयाण्डसेट र ट्याव्लेट भएको बताइएको छ । यस स्मार्टफोनमा प्रयोगकर्ताले फोन कल गर्न, गीत बजाउन, गुगलको नक्सा हर्ेन तथार् इबूक आदि पढ्नको लागि कुनै पनि प्रकारको कि थिच्नु नपर्ने साथै स्त्रिmन टच पनि गर्न नपर्ने जनाइएको छ । लचकदार फोनको कुनामा हलुका दोबारेर साथै दायाँतिरको किनारमा अगाडि र पछाडि रोलिङ गरेर यसमा सबै कमान्डहरु दिन सकिने अनुसन्धाताहरुले बताएका छन् । उनीहरुका अनुसार अहिले चलनचल्तिमा रहेको स्मार्टफोनले जस्तै यसले पनि काम गर्दछ ।
लचकदार डिस्प्ले भएका कारण यो फोनलाई खल्तीमा समेत राख्न सकिने छ । अनुसन्धानमा संलग्न टिमका टोलीनेता रोएल भर्टगालले भने 'यो भविश्य हो । पाँच वर्षा यो सबै देखिन र महशुस गरिन लागिएको छ ।' यस अल्ट्रा थिन स्मार्टफोनको विकाससँगै भविष्यमा अफिसहरुमा पेपर तथा प्रिन्टर आदिको आवश्यकता घट्दै जाने यसका प्रयोगकर्ताले डकुमेन्ट स्टोर गर्नका साथै अन्तरक्रियाहरु सजिलै गर्न सक्ने उनीहरुले दावी गरेका छन् । उनीहरुले भने -'यसमा तपाईले दोबारेर, कुनाका भागहरु फर्काएर पेजहरु खोल्नका साथै सिसाकलमको सहायताले पनि लेख्न सक्नुहुनेछ ।'
अन्वेषकहरुले नाडी घडीझैं लगाउन मिल्ने कम्प्युटरको विकास पनि गरेका छन् । नाडीबाट खोलेपछि यसलाई अहिलेको नोटबुकजस्तै गरि चलाउन सकिने बताइएको छ । यी दुबै उत्पादनहरुलाई सहजरुपमा बजारमा पाउनका लागि कम्तिमा ५ वर्षेखि १० वर्षलाग्ने उनीहरुले बताएका छन् ।
वासिङटन- माइक्रोसफ्टले इन्टरनेटमा टेलिफोन सेवा दिने स्काइपलाई चाहिने भन्दा बढी पैसामा किनेको भन्दै लगानीकर्ता र आलोचकहरुले नकारात्मक प्रतिक्रिया दिएको रोयटर्सले जनाएको छ।
माइक्रोसफ्टले मंगलबार स्काइपलाई साढे आठ अर्ब अमेरिकी डलरमा खरिद गर्ने घोषणा गरेको थियो। आम्दानी गुमाउँदै गएको स्काइपलाई त्यति महँगोमा खरिद गर्नु तर्कसंगत नभएको उनीहरुको जिकिर छ।
स्काइपको खरिद रकम यसको वास्तविक मूल्यभन्दा दुई गुणा बढी भएको उनीहरुले अनुमान गरेका छन्। माइक्रोसफ्टको घोषणा सुनेर लगानीकर्ताहरु आफै अचम्ममा परेका छन्।
उनीहरुले त्यसो नगरेको भए हुन्थ्यो, माइक्रोसफ्टको सेयर किनेको टी टु पार्टनर्सका व्यवस्थापन साझेदार र संस्थापक ह्विटनी टिल्सनले रोयटर्सलाई बताए।
‘स्काइप सबैले प्रयोग गर्छन्, माइक्रोसफ्टले यो किनेकोमा मलाई खुसी लागेको छ। तर उनीहरुले पैसा भने धेरै तिरेका हुन्,' मंगलबार माइक्रोसफ्टको सेयर किन्ने र बेच्ने दुवै काम नगरेका उनले बताए।
माइक्रोसफ्टले स्काइपलाई आफ्नो एक्सबक्स गेम कन्सोल, आउटलुक इमेल प्रोग्राम र विन्डोज स्मार्टफोनहरुसित जोडी मिलाइदिने बताएको छ। यी सबमा इन्टरनेटबाट फोन गर्ने विकल्प पहिल्यै छन् तर स्काइपले यसलाई फाइदा गर्ने उसको अनुमान छ।
कम्प्युटरबाट कम्प्युटरमा निःशुल्क र ल्यान्डलाइन र मोबाइल फोनहरुमा सशुल्क फोन गर्न मिल्ने स्काइपबाट गत वर्ष २ खरब मिनेटभन्दा बढी आवाज र भिडियो कल भएको थियो।
स्काइपको बेटा संस्करण आठ वर्षअघि सुरु भएको हो। सन् २००५ को अक्टोबरमा २ अर्ब ६० करोडमा इबेले स्काइप किनेको थियो। गत वर्ष अगस्त ९ मा स्काइपले सार्वजनिक शेयर बिक्रीका लागि अमेरिकामा निवेदन दिएको थियो।
(एजेन्सीहरुको सहयोगमा अनलाईनखबरबाट)
नेपाली समाजमा हर्ुकदै गरेको चेतनाको लहर अब नयाँ पूस्तामा राम्रैसँग देखा पर्न थालेको छ । हिजोसम्म विद्यार्थीहरुलाई राजनीतिक दलहरुले राजनीतिका लेक्चर दिएर प्रयोग गर्ने गर्थे तर आजका विद्यार्थी तथा युवा स्वतस्फर्ूत राजनीतिक विचारलाई बुझने अनि राज्यप्रतिको जिम्मेवारीलाई महशुस गर्न सक्ने भएको उदाहरण भर्खरै मात्र राजधानीमा संविधान समयमै निर्माण गर्न दबाद दिने प्रयोजनले आयोजित एउटा स्वतस्फर्ूत युवाहरुको जमघटले प्रष्ट पारेको छ ।
शिक्षाको स्तरमा हुँदै गरेको परिष्करण र प्रविधिको सहज पहुँचले नेपाली युवाहरु विशेष गरि सहरिया युवाहरुलाई लाग्दै आएको राज्यप्रतिको उत्तरदायित्वबाट पन्छिदै गएको भन्ने आरोपलाई ठूलै झापड हानेको थियो उक्त भेलाले र्।र् इन्टरनेटको सामाजिक सन्जाल फेसबुक र र्टर्ुइटर जस्ता विश्वव्यापी सञ्जालभित्र उनीएका नेपाली युवाहरुले स्वतस्फर्ूत रुपमा गरेको उक्त दबाबले यहाँ अब कोही राजनीतिक व्यक्तित्व या त सामाजिक अगुवाको भेषधारीहरुको नेतृत्व नभए पनि युवाहरुले यसरी खबरदारी गर्न सक्छन् भन्ने उदाहरण बनेको छ । मैले उक्त कुरालाई नजिकबाट नियाल्न नपाए पनि विभिन्न अनलाई समाचारमार्फ पढ्ने मौका पाएँ । नेपालबाट दर्ता भएका ९ लाख फेसबुक प्रयोगकर्ता र लाखौं र्टर्ुइटरकर्ताहरु भोली एकै ठाउँमा उभिएर यसरी नै खबरदारी र राज्यप्रतिको उत्तरदायित्वलाई सोच्ने हो भने देशलाई बचाउन सकिन्छ । मैले यहाँ नागरिक न्यूजको अनलाई संस्करणमा प्रकाशित यसै सम्बन्धि रिपोर्टिङलाई साभार गरेको छु ।
"आम चासोको विषयलाई लिएर शनिबार राजधानीमा भएको युवा भेलाले इन्टरनेटमा सामाजिक सन्जालको प्रभावकारिता साबित गरेको छ। जेठ १४ गतेभित्रै संविधान जारी गर्न दबाब दिने उद्देश्यले माइतीघर मण्डलामा जम्मा भएका फेसबुक र ट्विटर प्रयोगकर्ताको नारा थियो - ज्याला पुरा लियौ, अब संविधान देऊ।
आयोजक कोही नरहेको र कसैसँग निम्तो दिनेको विवरण थाहा नभएका सबै त्यहाँ आफ्नो इन्टरनेट भित्तोमा टाँसिएको सूचना पढेकै भरमा जम्मा भएका थिए। यसरी जम्मा हुने केही सय मात्र भए पनि उनीहरूको जमघट काठमाडौंका कुनै पनि भेलाभन्दा एकदमै भिन्न थियो।
फेसबुक र ट्विटरमा सक्रिय मिस नेपालदेखि लिएर नयाँ पुस्तालाई लोभ्याइरहेका सिने अभिनेता अनि कुनै राजनीतिक दलमा आवद्ध नरहेका विद्यार्थी अगुवा। त्यहाँ जम्मा भएका सञ्चारकर्मी पनि फेसबुककै सूचनाका भरमा पुगेका थिए।
नेताहरूले लामो समयसम्म संविधान दिन नसकेको र शान्ति प्रक्रिया पनि टुंगोमा पुर्याउन नसकेको सहभागीको आरोप थियो। कार्यक्रममा उपस्थित सबैले मण्डलासँगैको ट्राफिक आइल्यान्डलाई साङ्ग्लो बनाएर घेरेका थिए। उनीहरूको हातहातमा संविधान तयार पार्नुपर्ने नारा लेखिएको प्लेकार्ड थियो।
सबैलाई पालैपालो आफ्नो मनमा लागेको कुरा बोल्ने मौका दिइँदा भाषण गर्ने कला जानेका केही युवाले मनमा दबिएर बसेको आक्रोश अभिव्यक्त गरेका थिए। केहीले भने कविताका माध्यमबाट त्यसलाई प्रकट गरे।
एक म्याद वर्ष थपिसकेर पनि परिणाम नआएपछि फेरि थप्न खोज्नु जनादेशप्रतिको ठूलो अपमान भएको उनीहरूको आरोप छ। ‘छोटो समयमै पनि संविधान जारी गर्न सक्छौं भनेर धेरै पटक नेताहरूले भन्दै आएका छन्,' एक सहभागीले भने, ‘अब त्यसो गरिएन भने जनताको आकांक्षाप्रति ठूलो विश्वासघात हुनेछ।'
फेसबुकमा यो जमातलाई प्रभावकारी बनाउन खोलिएको समूह ‘नेपाल युनाइट्स'का अनुसार यस किसिमको कार्यक्रमलाई निरन्तरता दिइनेछ।"
बाध्यतामा टाढा हुँदा, पर्राई मलाई नसोच है
जूनीभरको माया ला'छु, बैमानी मन नरोज है ।
दुनियाको आँखाभरी, हाम्रो माया सुन बनोस्
बदनामी बनाउनेलाई, हाम्रो साथ नुन बनोस्
पाईला-पाईला तिमी रोजें, पर्राई मलाई नसोच है
जूनीभरको माया ला'छु, बैमानी मन नरोज है ।।
हत्केलामा पोखिएला, मनको झोला थाप माया
जोडी हाम्रो सधैंभरी, बरपीपलझैं दाया-बायाँ
हरघडीको साथी तिमी, पर्राई मलाई नसोच है
जूनीभरको माया ला'छु, बैमानी मन नरोज है ।।।
- Yogesh Yonjan
राजेश हमाल अर्थात् कलिउडका कुमार महानायक, जीवनको उत्तर्रार्धतिर प्रवेश गर्दै गर्दा यतिखेर जर्ुर्दै गरेको बिबाह-लगनका कारण चर्चामा छन् । शिक्षित नायक भनेर पनि भनिने राजेश हमालले अहिलेसम्म थुप्रै युवतिसँग सम्वन्ध कायम गरेको भएपनि ती सम्बन्धहरुले परिपक्वता नपाई तोडिएको कुराहरु मैले पहिले-पहिले थुप्रै मिडियाहरुमार्फ पढेको थिएँ ।
मैले पहिलोपटक हेरेको नेपाली चलचित्र 'सिमाना'मा देखेको थिएँ राजेश हमाललाई । त्यसपछि थुप्रै नेपाली चलचित्रहरु हेरें उनी नायको भएको । नेपाली सिनेमाको क्रेजी नै नभए पनि राजेशलाई म राम्रो नायक भनेर चिन्छु । एउटा कुरा, उनी अविवाहित भएर पनि होला, उनको समाचार, अन्तरवार्ता आदि देख्नासाथ नपढी छोड्ने प्रायः कमै होलान्, त्यस्तै म पनि उनी सम्बन्धित समाचार तथा उनका अन्तरवार्ताहरु भेटे जति पढेको छु । उनी जस्तै कोमल वलीको पनि पढ्ने गरेको छु । कतिपटक त राजेश र कोमलको 'केमिष्ट्र' आदिको बयान गरिएका समाचारहरु पनि पढ्न पाईयो समाचार माध्यमहरुमा । रमाईलै छ जे होस् राजेश हमालको जीवनपद्धती पनि ।
राजेशले बिहे गर्ने कुरा पढ्न पाइए पनि कोसँग गर्ने हो भन्ने कुरा चाहीँ पढ्न पाईएको छैन । तर जे होस्, ढिलै भए पनि राजेशको बिबाह हुने प्रायः पक्का भएको खबरले राजेशका 'फ्यान'हरु त पक्कै पनि मख्खै भएकै होलान् नै, म पनि त्यो पहिलेको -राजेशले कहिले विवाह गर्ने होला-) भन्ने उत्सुकता मेटिनेभयो भन्नेमा भने ढुक्क छु । राजेशलाई अग्रिम बधाई ! अनि सबै मिलेर एकचोटी कोमल वलीको पनि कामना गरौं, कि छिट्टै राजेशको जस्तै खबर सुन्न पाईयोस् ।
ब्लगलाई परिस्कृत गर्ने क्रममा मेरो ब्लगगको बायाँ र्साईडबारमा राखिएको 'फोटो ब्लग' लिङ्कलाई पर्ूण्ाता प्रदान गर्ने क्रम लगभग अन्तिम चरणमा पुगेको छ । मैले आज फोटो ब्लगको औपचारिक प्रकाशन गरेको छु । आफ्नै दर्ुइ-चार फोटोहरु प्रकाशन गरेर सुरु गरेको यस ब्लगमा म आफूले खिचेका र आफ्नै व्यक्तिगत र पारिवारिक फोटोहरु प्रकाशन गर्दै जानेछु । मैले यो टेम्प्लेट पनि 'सिम्प्लेक्स डिजाईन'बाट नै लिईएको हो ।
तपाईलाई कन्डम किन्न औषधि पसलसम्म जान लाज लाग्छ? त्यसो हो भने अब चिन्ता नगर्नुस्। इन्टरनेटमा एक क्लिक मात्र गर्नुस्, तपाईको घरसम्मै कन्डम आइपुग्नेछ।
विभिन्न ब्रान्डका कन्डमसहित यौनसन्तुष्टि मेटाउने यौनखेलौना किन्न चाहनेले अब औषधिपसल र डिपार्टमेन्टल स्टोर धाउनु नपर्ने भएको छ। स्विटसेक्रेट स्टोरले तपाईको घरसम्म निःशुल्क यी सामग्री पुर्याइदिन्छ। कम्तीमा २ हजार रुपैयाँको कुनै पनि यौनसामग्री इन्टरनेटमार्फत् किन्ने ग्राहकलाई यी सामग्री घरसम्मै पुर्याउने व्यवस्था गरेको स्विटसेक्रेटका प्रमुख कार्यकारी अधिकृत प्रवीण ढकालले बताए। यौनसामग्री किन्न लजाउने र समय नहुने ग्राहकलाई सुविधा दिन निःशुल्क होमडेलिभरी व्यवस्था गरेको उनले बताए।

‘आफूलाई चाहिने सामग्री इन्टरनेटमार्फत् बुकिङ गरेपछि दिएको स्थानको आधारमा हामी घरसम्मै पुर्याइदिन्छौं,' उनले भने, ‘नजिकको सहरमा आफैं र टाढाका सहरमा कुरियरमार्फत् पठाउँछौ।' मुख्य सहरमा २ दिनभित्र र अन्य ठाउँमा ५ दिनभित्र सामग्री पठाउनसक्ने उनले बताए।
७ महिनाअघि नेपालमा विभिन्न ब्रान्डका कन्डम र चिनियाँ कम्पनीका यौनखेलौना बेच्दै आएको स्विटसेक्रेटले विदेशमा पनि आफ्ना सामग्री पुर्याउने बताएको छ। नेपालमा इन्टरनेटमार्फत यौनसामग्री बेच्ने आफूहरू पहिलो भएको उनले बताए।
ढकालले भारत, साउदी अरब, दुबइजस्ता मुलुकमा बुकिङ भएका यौनसामग्री पठाइसकेको बताए।
ढकालका अनुसार इन्टरनेटबाट सुविधा दिनथालेपछि अहिले विभिन्न ठाउँबाट ग्राहकको माग बढ्दो छ। ‘३० वर्षमाथिका महिला र पुरुष ग्राहकले बुकिङ गर्न थालेका छन्,' उनले भने।
सामानबारे ग्राहकलाई परामर्श दिन बिक्रीकक्षमा महिला र पुरुष कर्मचारी खटेका छन्। महिलाले बुकिङ गरेमा महिला कर्मचारीले परामर्श दिने तथा पुरुषले सम्पर्क गरेमा पुरुषले नै परामर्श दिने ढकालले बताए।
पोखरामा बिक्री कक्ष
स्विटसेक्रेट स्टोरले पोखराको सिर्जनाचोकमा आइतरबारदेखि नयाँ बिक्रीकक्ष संचालनमा ल्याएको छ। काठमाडौंपछि उसले खोलेको यो दोश्रो बिक्रीकक्ष हो। स्विटसेक्रेटले छिट्टै इटहरीमा तेश्रो बिक्रीकक्ष खोल्ने तयारी गरेको छ। स्विटसेक्रेट स्टोरमा अहिले १ सयभन्दा बढी प्रकारका यौनखेलौना किन्न पाइन्छ। चिनियाँ कम्पनीले उत्पादन गरेका यौनखेलौना बेच्दै आएको स्विटसेक्रेटले ७ महिनाअघि काठमाडौंमा पसल खोलेको थियो। (from nagariknews)

बाटुलो मुहार, त्यो मुहारले मुस्कान छर्दा गालामा डिम्पल पर्ने । त्यसैले सबैले 'आहा कस्ती राम्री, नायिका जस्तै' भन्छन् उनलाई । तर नायिका हैनन उनी । नायिका बन्ने सपना थाँती राखेर उनी गत वर्ष मोडलिङमा छिरिन् । 'मिस इ कलेज-२०१०'मा मिस बेस्ट हेयरको उपाधि पनि जितिन् । यिनी हुन् मोडल मोनिका खड्का । पछिल्लो समय मोडलिङ छाउँदै गरेकी मोनिका निकै फर्साईलोसँग बोल्छिन् र भन्छिन पनि,' मलाई साथीहरुले यो बढी बोल्छे भन्छन् । सबैसँग हाँसेर मिठोसँग बोल्नु नराम्रो हो त सर ?'
ललितपुर सुनाकोठीकी यी मोडलको अर्को परिचय हो ब्युटिसियन । मानिसलाई सुन्दर पार्न निक्कै खप्पीस छिन् उनी । त्यसैले ललितपुरकै कुमारीपाटीमा नेचर ब्युटी क्लब सँञ्चालन गर्दै आएकी छिन् मोनिकाले । ललितपुरकै लगनखेल स्थित ग्लोबल भिलेज कलेजमा स्नातक दोस्रो बर्षमा अध्ययनर मोनिकाको सपना हो,' हवाइ परी बन्नु । त्यसैले उनले एयरहोस्टेजको प्रशिक्षण लिँदैछिन् । २१ बसन्तको सँघारमा पुगेकी मोनिकाका थुप्रै केटा साथी छन् । तर अँग्रेजी शब्द ब्वाईफ्रेन्ड ले जनाउने प्रेमी छैनन् । ब्वाई फ्रेन्ड बन्न उनलाई अनगिन्ती प्रस्तवा पनि नआउने हैनन, । तर मनले खाएको पाएकी छैनन उनले ।
कस्तोलाई उनको मनले खान्छ त ? जवाफमा लाजको लाली छर्दै मन्द मुस्कानका साथ उनले भनिन्,' बिबाह गर्ने प्रेमी (ब्वाईफ्रेन्ड) भने छैन । सुन्दर, शुशिल, मेरा भावनालाई बुझ्ने पाएँ भने मात्र प्रेम गर्छु ।' त्यो प्रेमीले आफुलाई जीवनभर पति बनेर साथ दिनु पर्ने उनको सर्त छ । सेक्सको बारेमा खुलेर कुरा गर्ने मोनिकाले फेरी पनि केही सँकोच मन्दै भनिन्,'प्रकृतिले सबैलाई सेक्स दिएको छ । यसको बारेमा बहस गर्न के को लाज ?' यसो भन्दैमा सामाजिक मर्याद नाघेर सेक्सको चर्चा गर्नु र विवाह अघि मन मिल्यो भन्दै यौन सम्बन्ध राख्नु राम्रो हैन भन्ने सुझाब छ उनको ।

चितवन । चितवनमा व्यावसायिक च्याउ खेतीतर्फ कृषक आकर्षित भएका छन् । च्याउ खेतीबाट राम्रो आम्दानी हुनथालेपछि सो आकर्षण बढेको हो ।
गत वर्षको तुलनामा यहाँ ३० प्रतिशत भन्दाबढी कृषक च्याउखेतीमा लागेको जिल्ल्ाा कृषि विकास कार्यालय चितवनले बनाएको छ ।
अहिले चितवनमा एकसय भन्दाबढी किसान च्याउखेती गरिरहेका छन् । चितवनको पदमपुर, कृष्णपुर, शारदानगर, भरतपुर, खैरहनी, पार्वतीपुरमा बढी च्याउ खेती हुनेगरेको छ ।
पूर्वी चितवनको पदमपुरमा मात्रै झण्डै २० भन्दाबढी कृषक व्यवसायिक च्याउ खेतिमा लागेका छन् । अन्य खेतीको तुलनामा राम्रो आम्दानी भएकाले च्याउ खेती गर्न थालेको स्थानीय बाबुराम केसीले बताउनुभयो ।
‘मैले सुरुमा नीजि आवश्यकताका लागि लगाएको थिएँ, पछि माग र आम्दानी हुने देखेपछि व्यावसायिकरूपमा खेती गर्न थालें’, केसीले भन्नुभयो । च्याउ खेतीबाट वाषिर्क रु पाँच लाख भन्दाबढी आम्दानी भएको बताउने केसीले आगामी वर्षका लागि च्याउ खेती थपेको बताउनुभयो । चितवनका कृषकले उत्पादन गरेको च्याउ किलोको २५० मा बिक्री हुनेगरेको छ ।
च्याउ खेतीले तरकारी सरहको आम्दानी दिनेगरेको कृषि कार्यालयले जनाएको छ । च्याउ खेती गर्ने किसानका लागि बीऊमा लाग्ने खर्चको आधा कार्यालयले उपलबध गराउने चितवका कृषि कार्यालय प्रमुख लक्ष्मण पौडेलले बताउनुभयो ।
बिगत एक दशक अघिदेखि चितवनमा च्याउ खेती सुरु गरिएको थियो । तर व्यावसायिकरूपमा खेती सुरु भएको दुई वर्ष जती भएको छ । उच्च शिक्षा पढेकालेसमेत यहाँ च्याउ खेती गर्नथालेका छन् । रासस
पछिल्लो समय मैले ब्लगमा केही सुधार हुने कुरा देखें । हुन त मैले पहिले पनि भनिसकें, मैले ब्लग प्रयोग गरेको धेरै भयो भनेर । तर मैले यो 'सिम्प्लेक्स डिजाईन' ब्लग टेम्प्लेट प्रयोग गरेर तयार गरेको दोस्रो ब्लग हो । पहिले मैले न्यूज पेपरको लागी प्रयोग गरेको थिएँ तर अर्के 'टेम्प्लेट' । अहिलेको यो टेम्प्लेट पनि 'म्यागाजिन स्र्टाईल'को नै छ तर यसलाई मैले मेरो नितान्त व्यक्तिगत ब्लगको रुपमा प्रयोग गर्नको लागि सुरु गरेको हुँ । मलाई टेम्प्लेट कस्टमाईज गर्न पनि अलि गाह्रो जस्तो भएको थियो पहिलो टेम्प्लेटमा तर यसमा धेरै सजिलो भयो । एउटै उत्पादन भएर होला ।
अब मैले हरेक 'क्याटगोरी'मा दर्ुइ-दर्ुइ 'आईटम पब्लिस' गरे पछि टेम्प्लेट पूरा सेटिङ हुने कुरामा विश्वस्त छु । हेरौं मेरो आशा कतिको पूरा होला । ... आउने दिनमा अरु लेख्नेछु् । बल्ल नेपालमा पनि कानून छ अनि भ्रष्टाचार, अनियमितता तथा नियमविपरित काम गर्नेलाई कानूनले ठीक पार्छ भन्ने आभाष हुन थालेको छ । विशेष अदालतले दिएको सफाईलाई बदर गर्दै सर्वोच्चले पर्ूवमन्त्री वाग्लेलाई जेल पठाएपछि सुरु भएको भ्रष्टाचार तथा अनियमितताविरोधी अभियानले अहिलेसम्म निरन्तरता पाईरहेको छ ।
पर्ूवमन्त्री वाग्लेपछि कारबाहीमा पर्दै गरेका अन्य विशिष्ट ओहदाका व्यक्ति, व्यापारी अनि सभासदहरुको लहर लामै छ । पछिल्ले समय सभासद डीवी कार्कीमाथिको कारबाही तथा अर्थराज्यमन्त्री लारक्याल लामाले दिएको राजीनामा पनि यसैको एउटा सिलसिला थियो । लामालाई स्वतन्त्र तिव्वत आन्दोलनको साथ दिएको तथा विभिन्न तिन देशको नागरिकता दिई कानूनको दुरुपयोग गरेको आरोप छ । उनको राजीनामासँगै यो उनको कर्तुत प्रष्टिँदै गएको छ । त्यस्तै कूटनीतिक राहदानी दुरुपयोगको अभियोग लागेका सभासदद्वय वीपी यादव र यागत्री साहविरुद्धको कारबाही श्रृंखलाले पनि यसको निरन्तरता पाएको हो ।
सरकार तथा न्यायिक निकायहरुले खुट्टा नकमाईकन यस्ता व्यक्तिहरुलाई कारबाही गर्दै जाने हो भने यहाँ अधिकांश दलका उच्च नेता, कार्यकर्ता, व्यापारी तथा अन्य विशिष्ट व्यक्तिहरुको लामै सूचि बन्न सक्छ । कानूनी राज्यको साख उच्च राख्न एवं देशलाई आर्थिक विकासतिरको बाटोमा अग्रसर गराउन पनि यसले एउटा प्रमुख भूमिका खेल्न सक्छ । मुलुकको संक्रमणकालको फाइदा उठाएर जनता ठग्ने यस्ता यस्ताहरुलाई कारबाही गर्दै जानर्ुपर्छ । जनताले चाहेको शान्ति, स्वतन्त्रता, न्याय अनि उच्च आर्थिक हैसियत तव बन्छ जब देशले कानूनि राज्यको प्रत्याभूति जनतालाई दिन सक्छ ।

सोझो पाराले नभएपछि मानिसले अब पैसा कमाउनको लागि जेपनि गर्न तयार भएकाछन् । आर्थिक मन्दिका कारण ब्यापार-ब्यवसाय चौपट बनिरहेको बेला स्पेनको बास्क इलाकाको एक जिमखानाले ग्राहकहरुलाई आकर्षित गर्न नौलो तरिका अपनाएको छ ।
यस जीमखानामा न्युडिस्ट अर्थात नग्नतावादी मानिसहरुलाई नाङ्गै शारिरिक अभ्यास गर्ने सुविधा रहेको छ । स्वस्थ रहनका लागि नाङ्गो हुन छुट दिने अरिगोरिएगास्थित यो पहिलो जिमखाना हो । ‘मन्दिले गर्दा आजभोलि जिम आउने ग्राहकहरु निकै कम छन्,’ जिम संचालिका मार्क लसेकाले बताइन्, ‘म आफैमा नग्नताबादी होइन तर यसमा मेरो कुनै आपत्ती छैन । यो सेवाको उदेश्य पैसा आर्जन गर्नु नै हो ।’
इजी जिम’ खोल्नुअघि भने यथेष्ट अनुसन्धान गरिएको थियो । स्थानिय दुई स्विमिङ पुलले पनि न्युडिस्टहरुका लागि मासिकरुपमा नाङ्गै स्विमिङ गर्ने सुविधा दिदै आएको छ । साथै हरेक वर्ष सामुन्दि्रक तटमा नाङ्गो दौड प्रतियोगिता समेत आयोजना गर्ने गरेको छ । बास्क क्षेत्रमा दर्जनभन्दा बढी यस्तो तट रहेको छ भने देशभर झन धेरै रहेको पाइन्छ । ‘म सधै नयाँ र अनौठो कार्य गर्न उत्साहित हुन्छु,’ जिमको उद्घाटन कार्यक्रममा सहभागी भएका बास्क नेचुरिस्ट एसोसिएसनका अध्यक्ष मैते बैक्युनाले भने, ‘कपडाबिना ब्यायाम गर्नु प्राकृतिक हो अनि सुविधाजनक पनि हुन्छ ।’ जिमको समर्थनमा ९० प्रतिसत मत आएको एक सर्वेक्षणले देखाएको छ ।
यद्यपी नाङ्गो ब्यायाम गर्ने सुविधा दिनु गलत हो भन्दै यस किसिमको जिमप्रति रुष्टहुनेहरुको संख्या पनि कम छैन । कुनै पनि खेल वा ब्यायामका लागि अन्डरवयर बनाइएको हुनाले नग्नता प्रदर्शन गर्नु उचित नहुने उनीहरुले बताएका छन् । ‘संसारमा हरेक ब्यक्ति स्वतन्त्र छन् तर नग्न हुनु अस्वास्थ्यकर चिज हो,’ बिलबाओका एक परम्परागत जिम सञ्चालकले बताए, ‘नाङ्गो रहदा शरिरको पसिना कपडाले सोस्न नपाउने हुदा पसिना मेसिना, भुई वा नजिकैको ब्यक्तिमा जान्छ ।’
तैपनि नाङ्गै ब्यायाम गर्न मिल्ने आफ्नो जिम अब्यबहारिक नभएको जिम संचालिकाले बताइन् । उद्घाटनको दिनमै केबल ४ जना मात्र ग्राहक आएपछि यस ब्यवसायबाट धेरै पैसा कमाउने उनको सपना भने बिपना बन्न मुस्किलै छ ।

आजभोलि युवतीहरु जिरो फिगर भनेपछि हुरुक्कै हुन्छन् । मोटोपनासँगै शरिर भद्दा देखिने हुदा सुन्दरी बन्ने होडमा युवतीहरु डाइटिङ् गर्ने तथा अन्य खाना ब्यवहारमा सतर्कता अपनाउछन् । तर फेसन र जिरो फिगरको जमानामा अपवाद बनेकी छिन् अमेरिकी महिला डोना सिम्पसन । उनी अहिले संसारकै मोटी महिला बनेर नाम कमाउने कसरतमा छिन् ।
न्यूजर्सी बस्ने ४३ वर्षिय सिम्पसन आफ्नो वजन २७३ बाट बढाएर ४५९ किलो बनाउन प्रत्येक दिन खानपिनमै ब्यस्त छिन् । आफ्नो मनपर्ने जापानी ‘डिससुशी’ उनले दिनको ७० प्लेट खाने गरेकी छिन् । जसबाट झण्डै १२ हजार क्लोरी शक्ति मिल्दछ । एक होटेलमा शेफको काम गर्ने पहिलो श्रीमानबाट बढी खाना खाने आदत बसेको उनले बताइन् ।
उनका श्रीमानले बचेखुचेका सबै खाना घरमा ल्याउने गर्दथे । केहि वर्षपछि उनले वजन घटाउन प्रयास पनि गरिन् । फलस्वरुप ३० केजी कम पनि भयो । बढ्दोतौल कम गर्न अपरेसन गर्ने विचार पनि उनलाई आएको थियो । तर पछि उनले यो बिचार त्यागिन् । कारण थियो- यस्तै अपरेसनमा उनको एक साथीको मृत्यु भएको थियो । यसले उनलाई मोटो बनेर चर्चा कमाउन प्रेरित गर्यो ।
२००६ मा अनलाइन च्याटबाट सिम्पसनले फिलिप गुआम्बासँग मित्रता गासेकी थिइन्, जो पछि उनको ब्वाइफ्रन्ड बने । ६ फिट ४ इन्च र ८२ केजी तौल भएका फिलिपसँगको सम्बन्धका कारण उनी गर्भवती पनि बनिन् । बच्चा नजन्माउन डाक्टरले दिएको सुझाब बेवास्ता गर्दै उनले २००७ मा छोरीलाई जन्म दिई विश्वकै मोटी आमा बनिन् । अब उनको सपना छ विश्वकै सबैभन्दा मोटी महिला बन्ने ।

हाम्रो देशको सरकारी पाठ्यक्रमका अनुसार कम्प्युटर विषयको औपचारिक रुपमा अध्ययन गर्न निम्न माध्यमिक तह उत्तीर्ण गर्नुपर्छ । तर दोलखामा रहेको एक सरकारी विद्यालयले ३ कक्षादेखि नै आˆना विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा प्रदान गर्दै आएको छ । दोलखाको भिमेश्वर नगरपालिका ११ काउलेमा रहेको सेतीदेवी निमाविमा १ वर्ष अगाडिबाट नियमित रुपमा कम्प्युटर कक्षा सुरु गरिएको हो ।
सरकारी पाठ्यक्रममा नभए पनि निजी विद्यालयको पाठ्यक्रमलाई आधार मानि कक्षा सञ्चालन गरिएको विद्यालयका कम्प्युटर शिक्षक सुरेश लिम्बु बताउनुहुन्छ । "समयअनुसारको शिक्षा प्रदान गर्नका लागि पाठ्यक्रममा नभएपनि निजी विद्यालयको पाठ्यक्रममा आधारित भई कम्प्युटर शिक्षा प्रदान गरिएको लिम्बुले बताउनुभयो ।
अहिलेको अवस्थामा कम्प्युटर शिक्षा अति नै महत्वपूर्ण भएका कारण प्राथमिक तहबाट नै विद्यार्थीका लागि कम्प्युटर शिक्षा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक कृष्ण खत्रीको तर्क छ । "सरकारी विद्यालयमा पढाइ राम्रो हुदैन भन्ने आम बुझाइलाई परिवर्तन गर्न पनि कम्प्युटर कक्षा सञ्चालन गरिएको हो । अहिलेका प्रतिस्पर्धात्मक जमानामा सूचना प्रविधिमा जानकार नहुने मानिसले हरेक स्थानमा प्रतिस्पर्धा गर्न नसक्ने हुनाले हामीले प्राथमिक तहमा नै कम्प्युटर कक्षा सञ्चालन गरेका हौा ।" खत्री भन्नुभयो । अहिलेको संसारमा सैद्धान्तिक ज्ञानभन्दा व्यावहारिक ज्ञान धेरै महत्वपूर्ण हुने भएका कारण प्राथमिक तहमै कम्प्युटर कक्षा चलाएर विद्यालयले धेरै राम्रो काम गरेको अभिभावक ध्रुव खड्काले बताउनुभयो ।

आइसल्याण्डका पल अरसनले आफ्नो जीवनभर चर्चामा आउन कुनै कसुर बाँकी राखेनन् । तर भाग्यले साथ नदिएपछि के लाग्छ र ? बाचुञ्जेल नाम कमाउन नसके पनि मरेपछि सबैले सम्झने काम गरेका छन् । विभिन्न जनावरहरुको अनौठो लिङ्गहरु संग्रह गरिएको हुसाभिक शहरस्थित संग्रहालयलाई मृत्युपर्यन्त आफ्नो लिङ्ग दान गर्ने घोषणापछि ९५ वषिर्य अरसन चर्चा बटुल्न सफल भएका थिए ।
यसअघि नै संग्रालयमा हृवेल, भालुलगायत अन्य स्तनधारीहरुको लिङ्ग प्रदर्शनीका लागि राखिएको छ । अरसनको लिङ्गसँगै संग्रालयले पूर्णरुप पाएको संचालक जरतसनले बताए । ‘ १५ वर्षदेखि म अरसनलाई प्रतिक्षा गरेर बसिरहेको थिएँ,’ जरतसनले एक टेलिफोन बार्तामा भने । जनवरी ५ मा मृत्यु भएपछि डाक्टरद्वारा अरसनको लिङ्ग सर्जरी गरि झिकिएको थियो । उनको लिङ्ग दान अहिलेसम्मकै पहिलो घटना हो ।
स्वभावैले मानिस अरुको सिको गर्ने प्रवृतिका हुन्छन् । अरसनको यो हर्कतपछि अमेरिकी, बेलायती र जर्मनलगायत अन्य धेरैले मृत्युपछि आफ्नो लिङ्ग दान गर्न इच्छा जाहेर गरेका छन् । सबैभन्दा लामो स्पर्म हृवेलको लिङ्ग ६७ इन्च रहेको छ । शहरको पर्यटन उद्योग प्रर्वद्वनमा उक्त संग्रहालयले महत्वपूर्ण भूमिका खेलेको छ । प्रत्येक गृष्म ऋतुमा हजारौं पर्यटकहरु संग्रहालय भ्रमणमा आउने गरेको तथ्याङ्क छ ।
आफू सानो छँदा साथीभाईले हृवेल, साँढे आदिको लिङ्गका आकृतिहरु उपहार दिएकाले फ्यालोलोजिकल म्युजियम संचालन गर्न प्रेरित गरेको जरतसनले बताए । ‘६२ लिङ्गसहित मैले यो संग्रहालय १५ वर्षअघि खालेको थिए,’ उनले भने, ‘अहिले २७६ लिङ्गका आकृतिहरु छन् ।’ पहिलो मानब लिङ्ग संग्रहालयमा राखिएपछि पर्यटक आगमनमा बृद्वि हुने उनले आशा गरेका छन् ।

बंगलादेशी लेखिका तसलिमा नसरिनको प्रतिबन्धित आत्मकथा ँउत्तल हावा’-बंगाली भाषा)को अंग्रेजीमा 'वाइल्ड विन्ड’का नाममा अनुवाद गरिएको छ, त्यसको पहिलो खण्ड नेपालीमा ँसंघर्ष’ यसअघि प्रकाशित भइसकेको छ । यो पुस्तकको दोस्रो खण्ड ँप्रेम र जीवन’ फेरि खोजी प्रकाशन गृहले भर्खरै प्रकाशन गरेको छ । विकास बस्नेतद्वारा अनुवादित र भोगीराज चाम्लिङद्वारा सम्पादित यस पुस्तकको अंशः
रुद्रको चिट्ठी पाउनेबित्तिकै फेरि म ढाकातिर हान्निएँ
। इन्दिरा रोडको हाम्रो कोठामा पुगेर हेर्दा रुद्र थिएन । कोठामा उसको सुवास त थियो, तर ऊचाहिँ थिएन । भर्खरै बाहिर निस्केको हुनुपर्छ । दिनभरि म उसलाई कुरेर बसेँ । रुद्र आएन । रात पर्यो तैपनि ऊ आएन । राति अबेरसम्ममा आइहाल्ला कि भनेर कुर्दाकुर्दै रातभरि जाग्राम बसेँ । सायद कतै साथीहरूसँग गफिएर बसेको होला, राजनीति र साहित्यको तातो बहसमा पो अल्झेको होला कि भन्ने सोच्दै म बसिरहेँ । बिहानीको उज्यालोले मलाई स्पर्श गर्यो । त्यो उज्यालोले मेरो आँखा, कपाल र चिउँडोमा छोयो । प्रकाशको किरण छातीमा ठोक्किएर पूरै शरीरभरि छरियो । तर, रुद्रको स्पर्श कतै हराएको थियो । सिरानी च्यापेर म ओछ्यानमा पल्टिरहेँ । बिहानी पनि बित्यो । रुद्र बल्ल दिउँसोतिर आयो । मलाई देख्नेबित्तिकै ऊ अलि झस्कियो । ।'
'तिमी कहिले आयौ ?'
'आज हैन, हिजै आएको
'म एक ठाउँमा गएको थिएँ
'कुन ठाउँमा ?'
'त्यहीँ हो
'कहाँ ?'
मेरो प्रश्नको उत्तर नदिईकन लुंगी बेर्दै तौलिया बोकेर ऊ बाथरुमतिर छिर्यो
'अँ, खाएँ
'त्यसो भए पर्ख
रुद्र डाइनिङ टेबलतिर लाग्यो
'छैन, किन बेवास्ता गर्नु नि
'त्यसो भए राति कहाँ थियौ, किन नभनेको त ?'
'त्यो ठाउँचाहिँ कहाँ हो त ?'
'साथीकोमा ?'
'हैन
'कुनै अड्डामा ?'
'हैन
'अनि ?'
रुद्र चुपचाप बस्यो
'किन नारायणगन्ज गएको ? कोही साथी छन् त्यहाँ ?'
'अहँ छैनन्
'त्यसो भए किन गएको त ? कोसँग गएको ?
एक्लै
'कसैकोमा पनि होइन
'राति कहाँ बस्यौ ?'
'तनबजारमा
रुद्रका भावविहीन आँखा मेरो आँखामा केन्दि्रत थिए
मेरा आँखा भयभित भए
आफू वेश्यासँग सुतेको कुरा उसले भनेरै छाड्यो
आस्था एकाएक गर्दै जोडेर मैले फेरि नयाँ जीवन सुरु गरेकी थिएँ
आवाजमा कति पनि पश्चाताप नदेखाई मैले उसलाई सोधेँ, 'तलाक दिनलाई के गर्नुपर्छ ?'
रुद्रले बिस्तारै भन्यो, 'पहिले वकिललाई सम्बन्धविच्छेदको कारण दिनुपर्छ
'लोग्नेस्वास्नीबीचको सम्बन्धका समस्या भन्नुपर्छ
'म तिमीलाई माया गर्छु,' रुद्रले अनि दृढ हुँदै भन्यो
'विश्वासविनाको माया
'म तिमीलाई विश्वास गर्छु
'तिमीले त मलाई विश्वास गर्छौ
'केही काव्यिक मान्छेको जीवनमा यस्तो भइहाल्छ नि
'सवाल सामाजिक नियम र काइदाको होइन
म हाँस्न थालेँ
रुद्र चुपचाप बस्यो
'हैन, योपटक साँच्चिकै अन्तिम हो
'तिमीले पहिले पनि त्यसै भनेका थियौ
'ठीकै छ, मलाई अब एकपटक मौका देऊ
'पर्दैन
रुद्र ओछ्यानबाट उठ्यो
'मैले सकेँ त
'आइमाई एक्लै बस्न सक्लान्, तर लोग्नेमान्छे बस्न सक्दैनन्
'किन सक्दैनौ ?'
'कारण जेसुकै होस्, म सक्दिनँ
'मतलब, तिमी रिसाउँदा मात्रै रक्सी पिउँछौ, अरू वेला पिउँदैनौ
'रक्सीको कुरा छाड
'तिमीलाई राम्रोसँग थाहा छ
'तिमी सुरुदेखि नै सधैँभरि मसँग बस्नुपथ्र्यो
'मेरो डाक्टरी पढाइ छाडेर म तिमीसँग बस्नुपथ्र्यो भन्न खोजेको ? त्यो पनि तिम्रो सुविधाका लागि
रुद्र निकैबेर चुपचाप बस्यो
'हिजो ?'
'हो, हिजो
रुद्रले यो सरल जवाफ स्विकार्दैन भन्ने मलाई थाहा थियो । उसले माया गर्छु भन्छ भन्ने थाहा थियो । आफू वेश्यासँग माया गरेर सुतेको होइन भन्छ होला भन्ने मैले सोचेकी थिएँ । तर, रुद्रले एकदम गम्भीर स्वरमा भन्यो, 'म स्वतन्त्र विवाहमा विश्वास गर्छु । मैले तिमीलाई पहिले पनि भनेकी थिएँ । बिहेमा कुनै झुट हुनुहुँदैन । आम विवाहित जोडीको भन्दा बिल्कुल भिन्न जोडीका रूपमा म जीवन बिताउन चाहन्थेँ । यस्तो बिहेमा मात्रै म निस्सासिन्नँ । बिहे नै पिँजडाजस्तो भयो भने त्योभन्दा त खुला आकाशै ठीक छ नि ।' (Nayapatrika) । राति तिमी घरमा किन नआएको ? कहाँ थियौ ?' । म ढाका फर्किएपछि तिमीलाई खोेजेँ । तर, तिमी रहेनछौ । मलाई रिस उठ्यो । मैले भट्टीमा गएर रक्सी पिएँ । अनि त्यही रक्सीले मलाई यस्तो काम गर्न उक्सायो ।' ।' ।' । कसकोमा ?' ।' । उसको मौनताले मेरो पूरै शरीर गलेर आयो । मेरो सास रोकिएलाजस्तो भयो । 'प्लिज रुद्र बोल, तिमी कहाँ थियौ । मेरो सबै पीडा हराउँछ ।' रुद्रको जवाफले मेरा पीडा गएन । ऊ नारायणगन्जमा रात बिताएर आएको रहेछ । ।' ।' । नुहाउँदा उसले यति लामो समय लगाएको मलाई पहिले थाहै थिएन । जिउभरि वासनादार साबुनको गन्ध लिएर ऊ त्यहाँबाट निस्कियो र मलाई सोध्यो, 'खाना खायौ ?' ।' ।' ।' । म खाना खाएर आउँछु ।' । ओछ्यानमा पल्टिँदै मैले सोचिरहेँ । आफू राति कहाँ थिएँ भन्ने रुद्रले किन नभनेको होला भन्दै मनमा नानाथरि कुरा खेले । 'त्यहीँ हो' भन्दै किन ऊ आफू गएको ठाउँ लुकाउँदै छ, म छक्क परेँ । मैले केही अनुमान गर्न सकिनँ । रुद्रले आज खाना खान पनि निकै समय लगायो । खानैमा यत्तिका समय बिताएको पनि मलाई थाहा थिएन । मेरो शरीरको हर अंग उसको स्पर्शका लागि आतुर भइरहेका थिए । मलाई डाइनिङ टेबलको छेउमा बसेर उसले खाएको हेर्न मन लाग्यो । बिचरोले राति खाएको थिएन होला । नत्र मेरो छेउमा राम्ररी मुख पनि नदेखाई किन आत्तिएर खान जान्थ्यो । घमन्ड र डरले मलाई बिस्तारै गाँज्यो । खाना खाएर कोठामा आएपछि मैले उसलाई छेउमा बसाएँ । उसको हात आफ्नो हातमा लिँदै भनेँ, 'तिमीले किन मलाई बेवास्ता गर्न खोजेको ?' ।' ।' । मेरो मुटु जोडले धड्किरहेको थियो । नारायणगन्जको तनबजार देशकै सबैभन्दा ठूलो रेडलाइट एरिया हो । कतै राति त्यहीँ नारायणगन्ज तनबजारको वेश्यालयमा रात बिताएर आएको कुरा त रुद्रले भन्न आँटेको होइन । प्लिज रुद्र अरू जे भन, तर त्यो कुराचाहिँ नभन । बरु रातभरि चिया पसलमा थिएँ अथवा भट्टीमा नै थिएँ भन । बरु सडकमै सुतेँ भन, तर वेश्यासँग सुतेर आएँचाहिँ नभन । तर, 'राति तनबजारको वेश्यालयमा वेश्यासँगै सुतेर आएको,' रुद्रले सुनायो । । रुद्र । वेश्याहरू पनि मान्छे नै हुन्, तिम्रा दिदीबहिनी र आमाजस्तै । बरु राति भोक लाग्यो, त्यसैले म वेश्याकोमा भात खान गएँ भन । बरु रक्सीले मातेपछि निद्रा लाग्यो । त्यसैले सुत्न गएँ र बिहानै उठेर आएँ भन । रातभरि निस्लोटसँग सुतेर बिहानै हिँडिहालेँ भन । अरू आइमाईको शरीर छुँदै छुन्न भनेर तिमीले वाचा गरेका थियौ । आफूले वाचा तोडेको छैन भन । तिम्रो ओठहरूले मेरोबाहेक अरूको ओठ चुमेका छैनन् भन रुद्र । मेरोबाहेक अरू कसैको पनि शरीर तिमीले भोगेको छैन भन । रुद्रले मेरो यी आँखाका भाखाहरू बुझेन । । मेरो संसारको उज्यालो एकै झड्कामा निभाउँदै रुद्र निरन्तर बोलिरह्यो । म मूर्तिभै"m उभिइरहेँ । मैले सास फेर्न हावा पनि पाइनँ । आपै"mले सजाएको कोठा, आपै"mले बसाएको घर र आपै"mले रोजेको रुद्रतिर मैले हेरेँ । उहिल्यै टुक्रिसकेको मेरो विश्वास र । ओहो मेरो जीवन ! घर घर रहेन, चिहान बन्यो । म चिहानभित्रको लासभै"m यो घरभित्र बसिरहेँ । म जलेर खरानी हुँदै थिएँ तथापि भित्रैबाट ममा अनौठो शक्ति आयो । त्यही शक्तिले मलाई आगोको लपेटाबाट तानेर फुत्त बाहिर ल्यायो । मेरो अस्तित्वको बाँकी रहेको सानो टुक्रालाई यसैले बचायो । आफ्नो शरीरमा टाँसिएको वेश्याको शरीरको गन्ध र रस धोइपखाली आएर रुद्र ओछ्यानमा पल्टियो । खाना खाएपछि ऊ सधैँ एक निद्रा सुत्थ्यो । यो उसको बानी नै भइसकेको थियो । सुतेर उठेपछि ऊ साँझमा घुम्न निस्किन्थ्यो । राति रक्सी धोकेर र्फकन्थ्यो । मसँग सुतेर मलाई भोग्थ्यो, मलाई भेटेन भने वेश्यालाई भोग्थ्यो । रुद्रको जीवनमा अलिकति पनि परिवर्तन आएन । मेरा लागि ऊ आफ्नो जीवनशैली परिवर्तन गर्ने पक्षमा थिएन । मैले उसलाई सुहागरातकै दिन छाडेर हिँड्नुपथ्र्यो । यत्रो वर्षसम्म यो प्रेमको बोझ उठाउँदै हिँड्न मलाई के जरुरी थियो र । एकपटक विश्वासमा घात गरेपछि ऊ बारम्बार त्यसै गर्न पल्किरह्यो । धोका नै उसको स्वभाव बन्यो । धोका नै उसको नशा बन्यो । ।' पहिलोपल्टभै"m योपटक मेरो आँखामा आँसु आएको थिएन । मौनताको बीचमा मेरो गहिरो आवाज आयो, 'यहाँ नजिकै वकिल कहाँ छन् । म आजै जान्छु । ममात्रै किन, तिमी पनि हिँड । अब त तिमीले पनि छर्लंगै बुझिसक्यौ होला । हामीबीच अब केही पनि बाँकी रहेन । मैले रिसले तिमीलाई छाड्न खोजेको होइन । अब दुवैजना गएर सम्बन्धविच्छेदको काम सकौँ । अनि कृपया मलाई विश्वास गर, तिमी वेश्यासँग सुतेकाले मैले तिमीलाई छाड्न खोजेको हैन । तिमीले मलाई माया गर्दैनौ । त्यो प्रस्ट भयो । त्यसैले मात्र म तिमीलाई छाड्दै छु । । ।' ।' । तर, तिमीमाथिको मेरो विश्वासलाई कहिल्यै सोचेका छौ ? तिमी मेरो ठाउँमा भइदिएको भए के गथ्र्यौ । कसैमाथि विश्वास नगरीकन माया गर्न सकिन्छ ?' । उनीहरू समाजका नियम र काइदा मान्दैनन् । कम्तीमा तिमीले त त्यति बुझिदिनुपर्छ । म कवि हुँ भन्ने थाहा पाउँदा-पाउँदै तिमीले मसँग बिहे गरेकी होइनौ ? अनि अहिले किन त्यस्ता वाहियात प्रश्न र तर्क ?' । व्यक्तिगत सम्बन्धमा विश्वास महत्त्वपूर्ण तत्त्व हो भन्ने कुरा गर्दै छु म ।' । हाँस्दै मैले भनेँ, 'तिमी कवि भएकैले कसैको निर्मम हत्या गरेर फुत्किन सक्दैनौ, होइन त ? कलाकार भएकैले स्वतन्त्रताको भरपूर प्रयोग गर्न पाउँछौ भन्न खोज्या होइन ? यदि तिमी कवि-कलाकार नभइदिएर आम मानिस भएचाहिँ स्वतन्त्रताको प्रयोग गर्न पाउँदैन थियौ त ? म पनि कविता लेख्छु । यसको मतलब मैले पनि जे मन लाग्यो, त्यही गर्न पाउँछु ? कि म राम्रो कविता लेख्न नसक्ने भएकीले मसँग त्यो स्वतन्त्रता छ भन्न खोज्या हो तिमीले ? कि आफू लोग्नेमान्छे भएकाले तिमीसँग त्यो स्वतन्त्रता छ ? अनि आइमाई भएकैले मलाई त्यो स्वतन्त्रता नभएको हो ?' । उसले झ्यालबाट निकैबेर बाहिर हेरिरह्यो । खासमा त्यो झ्यालबाहिर ठीक अगाडि अग्लो पर्खालबाहेक केही थिएन । मैले रुद्रका आँखामा गौर गरेर हेरेँ । त्यही पर्खालमा निकैबेरसम्म हेरेपछि उसले बल्ल भन्यो, 'अन्तिमपटक' कहिल्यै आउँदैन ।' ।' । तिमीलाई त याद होला । अब यो तिम्रो बानी भइसक्यो । बानी बदल्ने कुरा मामुली होइन ।' । म आफूलाई बदल्छु ।' । किन बदल्नुपर्यो । तिमी साँच्चिकै बदलिन चाहन्छौ ? आखिर तिमीलाई आफ्नो बानी बदल्ने आवश्यकता नै किन पर्यो र ? तिमी त आफ्नो बानीमा त्यस्तो केही खराबी पनि देख्दैनौ ।' । एकदम रुखो स्वरमा बोल्दै उसले भन्यो, 'मैले तिमीलाई सँगै बसौँ भनेर कतिपटक भनेँ । बिहेपछि तिमी कतिन्जेल नै मसँग बस्यौ र ? भन त । तिम्रो लाज हटाउनै मलाई तीन दिन लाग्यो । लोग्नेमान्छे यसरी कसरी एक्लै बस्न सक्छ ?' ।' ।' । तिमी त नरिसाएको वेला पनि त मात्नेगरी पिउँछौ । खुसी हुँदा तिमी रक्सी पिउँदैनौ ?' । तिमी त हाम्रो सम्बन्धको सुरुवातदेखि नै धेरै समय मसँग सँगै बसेकी छैनौँ । यसबारेमा चाहिँ के भन्छौ नि ?' । मेरो मेडिकल पढाइ सकिएको थिएन । अब त मेरो पढाइ सकिएपछि सधैँभरि ढाकामा बस्नलाई मलाई कुनै समस्या छैन । भाग्ने त तिमी हौ ।' ।' । हैन त ? ताकि तिमी बेवारिसे बन्नबाट जोगिन सक । ठीक छ, अब मैले जागिर पाएँ भन पनि त्यो जागिर मोङ्गला वा मिठेखालीमै हुनुपर्यो । त्यहाँबाहेक अन्त जागिर पाएँ भने जागिरै छाड्नुपर्यो हैन । तिमीचाहिँ आफ्नो खेतबारी र माछा व्यवसाय हेर्न जान पाउने, मचाहिँ आफ्नो पढाइ पूरा गर्न मायमनसिंह जान नपाउने ?' । मैले भनेँ, 'म तिमीसँग ढाका हुँदा मेरो शारीरिक आवश्यकता पूरा गर्न म अरू लोग्नेमान्छेकोमा जान्नँ । अरू लोग्नेमान्छे त मेरो सपनामा पनि चिहाउँदैनन् । तर, त्यही काम तिमी कति सजिलै गर्न सक्छौ ? तिमीलाई कारण थाहा छ ? किनभने म तिमीलाई माया गर्छु । त्यसैले अरू लोग्नेमान्छेकोमा जान सक्दिनँ । तिमी मलाई माया गर्दैनौ । त्यसैले तिमी त्यसो गर्न सक्छौ । सीधा जवाफ यही हो ।' (nayapatrika)
भुवन केसी अर्थात् नेपाली सिनेमा जगतका 'प्लेब्वाई' अन्ततः आफ्नो जीवनको उत्तर्रार्ध सुरु हुनै लाग्दा नयाँ जीवन जिउने प्रयास गर्दैछन् । उनले पछिल्लो समय भुवनले एक ‘लड्की’लाई गर्लफ्रेन्ड भन्दै सार्बजनिक कार्यक्रममा परिचयमात्र गराएनन, उनले आफुलाई गर्ने केयर गुन तिर्नै नसक्नेसम्मको निष्र्कष सुनाए ।
कुरा गत शुक्रबार बेलुकीको हो । नायिका रेजिना उप्रेतीले कविता श्रेष्ठसँग मिलेर बनाउन लागेको चलचित्र ‘बरदान’को मूहुर्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको अतिथिका रुपमा बोलाइएका भुवन केसी एक युवतीको हात समाउँदै कार्यक्रमस्थलमा प्रवेश गरेर सुटुक्क कुर्सीमा बसे । सुस्मितासंग सम्बन्ध बिच्छेद गरेर बसेका भुवनले कुनचाहिं युवतीको हात समातेर आए भनेर कार्यक्रममा सहभागी सवैले उनीहरुमाथि आँखा लगाइरहे । जव आयोजकले भुवनलाई ड्यासमा बोलाए तब भुवनसंगै आएकी ती युवती एक्लै कुर्सीमा बसिरहिन् ।
सवैले उनैमाथि आँखा लगाएपछि भुवनले ती युवतीलाई आफ्नो ‘नयाँ गर्लफ्रेन्ड’ भनेर परिचय गराए । परिचयसँगै सहभागीहरुले उनको नाम र युवतीका बारेमा जान्न चाहेपनि भुवनले सवै कुरा खोलेनन् । उनले आफुलाई धेरै माया र केयर गर्ने भन्दै भुवनले ती युवतीको खुवै प्रसंसा गरे । आफ्नी नयाँ गर्लफ्रेन्डलाई ‘बिजनेस वीमन’ भनेर चिनाएका उनले बाँकी कुरा बताउन चाहेनन् ।
हालै भुवन केसीले एक पत्रिकालाई अन्तरवार्ता दिँदै यसै बर्षभित्र बिबाह हुनसक्ने बताएका थिए । पछिल्ला दिनमा भुवन ती युवतिसंगै रेष्टुँरा र होटलहरुमा देखिने गरेका छन् । कतिपयले भुवनले यीनै नयाँ युवतीसंग बिबाह गर्न लागेको अनुमान लगाएका छन् ।
नयाँ चलचित्र रिलिज हुनै लागेका बेला नयाँ नयाँ पब्लिसिटी स्टन्ट गर्ने भुवनले यो पनि आफ्नो नयाँ चलचित्र ‘साथी म तिम्रो’ चलाउन गरेको स्टन्टका रुपमा पनि लिन थालेका छन् । डिभोर्स गरेकी दोस्री श्रीमति सुस्मिता केसीलाई देखाउन पनि उनले नयाँ गर्लफ्रेन्ड सार्बजनिक गरेको चर्चा फिल्मीबजारमा सुरु भएको छ । स्रोतका अनुसार सो कार्यक्रममा उनले सुष्मितालाई नबोलाउन आयोजकसमक्ष सर्त राखेका थिए ।
आइतवारका मिडियाहरुमा नयाँ गर्लफ्रेन्डसहितको तस्वीर छापिएपछि भुवनले ती पत्रकारहरुलाई फोन गरि धन्यवाद दिएका छन् । भुवनको यो चालाबाट उनी नयाँ गर्लफ्रेन्डबारे चर्चा होस भन्ने मनस्थीतिमा रहेको भन्न सकिन्छ । (onlinekhabar)