ब्लग रुचाउने मित्रहरू !

You Are Here: Home - Feature , Politics , Topnews - फेसबुक बन्दैछ, आन्दोलनको नयाँ 'प्लेटफार्म'


नेपाली समाजमा हर्ुकदै गरेको चेतनाको लहर अब नयाँ पूस्तामा राम्रैसँग देखा पर्न थालेको छ । हिजोसम्म विद्यार्थीहरुलाई राजनीतिक दलहरुले राजनीतिका लेक्चर दिएर प्रयोग गर्ने गर्थे तर आजका विद्यार्थी तथा युवा स्वतस्फर्ूत राजनीतिक विचारलाई बुझने अनि राज्यप्रतिको जिम्मेवारीलाई महशुस गर्न सक्ने भएको उदाहरण भर्खरै मात्र राजधानीमा संविधान समयमै निर्माण गर्न दबाद दिने प्रयोजनले आयोजित एउटा स्वतस्फर्ूत युवाहरुको जमघटले प्रष्ट पारेको छ ।
शिक्षाको स्तरमा हुँदै गरेको परिष्करण र प्रविधिको सहज पहुँचले नेपाली युवाहरु विशेष गरि सहरिया युवाहरुलाई लाग्दै आएको राज्यप्रतिको उत्तरदायित्वबाट पन्छिदै गएको भन्ने आरोपलाई ठूलै झापड हानेको थियो उक्त भेलाले र्।र् इन्टरनेटको सामाजिक सन्जाल फेसबुक र र्टर्ुइटर जस्ता विश्वव्यापी सञ्जालभित्र उनीएका नेपाली युवाहरुले स्वतस्फर्ूत रुपमा गरेको उक्त दबाबले यहाँ अब कोही राजनीतिक व्यक्तित्व या त सामाजिक अगुवाको भेषधारीहरुको नेतृत्व नभए पनि युवाहरुले यसरी खबरदारी गर्न सक्छन् भन्ने उदाहरण बनेको छ । मैले उक्त कुरालाई नजिकबाट नियाल्न नपाए पनि विभिन्न अनलाई समाचारमार्फ पढ्ने मौका पाएँ । नेपालबाट दर्ता भएका ९ लाख फेसबुक प्रयोगकर्ता र लाखौं र्टर्ुइटरकर्ताहरु भोली एकै ठाउँमा उभिएर यसरी नै खबरदारी र राज्यप्रतिको उत्तरदायित्वलाई सोच्ने हो भने देशलाई बचाउन सकिन्छ । मैले यहाँ नागरिक न्यूजको अनलाई संस्करणमा प्रकाशित यसै सम्बन्धि रिपोर्टिङलाई साभार गरेको छु ।

"आम चासोको विषयलाई लिएर शनिबार राजधानीमा भएको युवा भेलाले इन्टरनेटमा सामाजिक सन्जालको प्रभावकारिता साबित गरेको छ। जेठ १४ गतेभित्रै संविधान जारी गर्न दबाब दिने उद्देश्यले माइतीघर मण्डलामा जम्मा भएका फेसबुक र ट्विटर प्रयोगकर्ताको नारा थियो - ज्याला पुरा लियौ, अब संविधान देऊ।
आयोजक कोही नरहेको र कसैसँग निम्तो दिनेको विवरण थाहा नभएका सबै त्यहाँ आफ्नो इन्टरनेट भित्तोमा टाँसिएको सूचना पढेकै भरमा जम्मा भएका थिए। यसरी जम्मा हुने केही सय मात्र भए पनि उनीहरूको जमघट काठमाडौंका कुनै पनि भेलाभन्दा एकदमै भिन्न थियो।
फेसबुक र ट्विटरमा सक्रिय मिस नेपालदेखि लिएर नयाँ पुस्तालाई लोभ्याइरहेका सिने अभिनेता अनि कुनै राजनीतिक दलमा आवद्ध नरहेका विद्यार्थी अगुवा। त्यहाँ जम्मा भएका सञ्चारकर्मी पनि फेसबुककै सूचनाका भरमा पुगेका थिए।
नेताहरूले लामो समयसम्म संविधान दिन नसकेको र शान्ति प्रक्रिया पनि टुंगोमा पुर्‍याउन नसकेको सहभागीको आरोप थियो। कार्यक्रममा उपस्थित सबैले मण्डलासँगैको ट्राफिक आइल्यान्डलाई साङ्ग्लो बनाएर घेरेका थिए। उनीहरूको हातहातमा संविधान तयार पार्नुपर्ने नारा लेखिएको प्लेकार्ड थियो।
सबैलाई पालैपालो आफ्नो मनमा लागेको कुरा बोल्ने मौका दिइँदा भाषण गर्ने कला जानेका केही युवाले मनमा दबिएर बसेको आक्रोश अभिव्यक्त गरेका थिए। केहीले भने कविताका माध्यमबाट त्यसलाई प्रकट गरे।
एक म्याद वर्ष थपिसकेर पनि परिणाम नआएपछि फेरि थप्न खोज्नु जनादेशप्रतिको ठूलो अपमान भएको उनीहरूको आरोप छ। ‘छोटो समयमै पनि संविधान जारी गर्न सक्छौं भनेर धेरै पटक नेताहरूले भन्दै आएका छन्,' एक सहभागीले भने, ‘अब त्यसो गरिएन भने जनताको आकांक्षाप्रति ठूलो विश्वासघात हुनेछ।'
फेसबुकमा यो जमातलाई प्रभावकारी बनाउन खोलिएको समूह ‘नेपाल युनाइट्स'का अनुसार यस किसिमको कार्यक्रमलाई निरन्तरता दिइनेछ।"

0 comments

Leave a Reply