ब्लग रुचाउने मित्रहरू !

You Are Here: Home - Tech , Topnews - साढे आठ अर्बमा माईक्रोसफ्टले स्काईप किन्यो


वासिङटन- माइक्रोसफ्टले इन्टरनेटमा टेलिफोन सेवा दिने स्काइपलाई चाहिने भन्दा बढी पैसामा किनेको भन्दै लगानीकर्ता र आलोचकहरुले नकारात्मक प्रतिक्रिया दिएको रोयटर्सले जनाएको छ।
माइक्रोसफ्टले मंगलबार स्काइपलाई साढे आठ अर्ब अमेरिकी डलरमा खरिद गर्ने घोषणा गरेको थियो। आम्दानी गुमाउँदै गएको स्काइपलाई त्यति महँगोमा खरिद गर्नु तर्कसंगत नभएको उनीहरुको जिकिर छ।

स्काइपको खरिद रकम यसको वास्तविक मूल्यभन्दा दुई गुणा बढी भएको उनीहरुले अनुमान गरेका छन्। माइक्रोसफ्टको घोषणा सुनेर लगानीकर्ताहरु आफै अचम्ममा परेका छन्।

उनीहरुले त्यसो नगरेको भए हुन्थ्यो, माइक्रोसफ्टको सेयर किनेको टी टु पार्टनर्सका व्यवस्थापन साझेदार र संस्थापक ह्विटनी टिल्सनले रोयटर्सलाई बताए।

‘स्काइप सबैले प्रयोग गर्छन्, माइक्रोसफ्टले यो किनेकोमा मलाई खुसी लागेको छ। तर उनीहरुले पैसा भने धेरै तिरेका हुन्,' मंगलबार माइक्रोसफ्टको सेयर किन्ने र बेच्ने दुवै काम नगरेका उनले बताए।

माइक्रोसफ्टले स्काइपलाई आफ्नो एक्सबक्स गेम कन्सोल, आउटलुक इमेल प्रोग्राम र विन्डोज स्मार्टफोनहरुसित जोडी मिलाइदिने बताएको छ। यी सबमा इन्टरनेटबाट फोन गर्ने विकल्प पहिल्यै छन् तर स्काइपले यसलाई फाइदा गर्ने उसको अनुमान छ।

कम्प्युटरबाट कम्प्युटरमा निःशुल्क र ल्यान्डलाइन र मोबाइल फोनहरुमा सशुल्क फोन गर्न मिल्ने स्काइपबाट गत वर्ष २ खरब मिनेटभन्दा बढी आवाज र भिडियो कल भएको थियो।

स्काइपको बेटा संस्करण आठ वर्षअघि सुरु भएको हो। सन् २००५ को अक्टोबरमा २ अर्ब ६० करोडमा इबेले स्काइप किनेको थियो। गत वर्ष अगस्त ९ मा स्काइपले सार्वजनिक शेयर बिक्रीका लागि अमेरिकामा निवेदन दिएको थियो। 
(एजेन्सीहरुको सहयोगमा अनलाईनखबरबाट)
Tags: Tech , Topnews

0 comments

Leave a Reply