ब्लग रुचाउने मित्रहरू !

You Are Here: Home - Society - अन्नपर्ूण्ा आरोहणमा नेपाली चेलीहरु

चारजना नेपाली चेलीले अन्नपूर्ण चौथो हिमालको सफल आरोहण गरेका छन्। महिलाले अन्नपूर्ण चौथो हिमाल आरोहण गरेको यो पहिलो पटक हो। ६ हजार ८ सय मिटर उचाईको चौथो शिविरबाट राति एक बजे हिँडेका उनीहरुले बिहान सवा ५ बजे शिखरमा पाइला टेकेका थिए।
सोलुखुम्बुकी ३० वर्षीया निर्मा राई र २९ वर्षीया शान्तिकला राई, मनाङकी २४ वर्षीया मुना गुरुङ र पोखराकी २७ वर्षीया सरस्वती विकले ७ हजार ५ सय २५ मिटर अग्लो अन्नपूर्ण चौथो हिमाल आरोहण गरेको नेपाली महिला आरोहण २०११ कार्यसम्पादन समिति संयोजक तथा महिला सशक्तिकरणकी अध्यक्ष लक्की कार्कीले जानकारी दिइन्।

मंगलबार बिहान सवा ५ बजे चेलीहरुले आरोहण गरेको कार्कीले बताइन्। ‘सवा ५ बजे हाम्रा चारजना चेलीहरुले शिखर आरोहण गरेका छन्' उनले भनिन, ‘ज्यादै खुशी लागेको छ, नेपाली चेलीहरुले नाम राख्न सफल भएका छन्।'
कार्कीका अनुसार ६ हजार ८ सय मिटर उचाईको चौथो शिविरबाट राति एक बजे हिँडेका उनीहरु बिहान सवा ५ बजे शिखरमा पाइला हालेका थिए। करिब १० मिनेट शिखरमा बसेर उनीहरु अहिले तल ओर्लँदैछन्। समूहमा चेली सहित ११ जनाको समूह छ। (from agency)
Tags: Society

0 comments

Leave a Reply