ब्लग रुचाउने मित्रहरू !

You Are Here: Home - Entertainment , Feature - राजेश हमालको बिहे चर्चा

राजेश हमाल अर्थात् कलिउडका कुमार महानायक, जीवनको उत्तर्रार्धतिर प्रवेश गर्दै गर्दा यतिखेर जर्ुर्दै गरेको बिबाह-लगनका कारण चर्चामा छन् । शिक्षित नायक भनेर पनि भनिने राजेश हमालले अहिलेसम्म थुप्रै युवतिसँग सम्वन्ध कायम गरेको भएपनि ती सम्बन्धहरुले परिपक्वता नपाई तोडिएको कुराहरु मैले पहिले-पहिले थुप्रै मिडियाहरुमार्फ पढेको थिएँ ।
मैले पहिलोपटक हेरेको नेपाली चलचित्र 'सिमाना'मा देखेको थिएँ राजेश हमाललाई । त्यसपछि थुप्रै नेपाली चलचित्रहरु हेरें उनी नायको भएको । नेपाली सिनेमाको क्रेजी नै नभए पनि राजेशलाई म राम्रो नायक भनेर चिन्छु । एउटा कुरा, उनी अविवाहित भएर पनि होला, उनको समाचार, अन्तरवार्ता आदि देख्नासाथ नपढी छोड्ने प्रायः कमै होलान्, त्यस्तै म पनि उनी सम्बन्धित समाचार तथा उनका अन्तरवार्ताहरु भेटे जति पढेको छु । उनी जस्तै कोमल वलीको पनि पढ्ने गरेको छु । कतिपटक त राजेश र कोमलको 'केमिष्ट्र' आदिको बयान गरिएका समाचारहरु पनि पढ्न पाईयो समाचार माध्यमहरुमा । रमाईलै छ जे होस् राजेश हमालको जीवनपद्धती पनि ।
राजेशले बिहे गर्ने कुरा पढ्न पाइए पनि कोसँग गर्ने हो भन्ने कुरा चाहीँ पढ्न पाईएको छैन । तर जे होस्, ढिलै भए पनि राजेशको बिबाह हुने प्रायः पक्का भएको खबरले राजेशका 'फ्यान'हरु त पक्कै पनि मख्खै भएकै होलान् नै, म पनि त्यो पहिलेको -राजेशले कहिले विवाह गर्ने होला-) भन्ने उत्सुकता मेटिनेभयो भन्नेमा भने ढुक्क छु । राजेशलाई अग्रिम बधाई ! अनि सबै मिलेर एकचोटी कोमल वलीको पनि कामना गरौं, कि छिट्टै राजेशको जस्तै खबर सुन्न पाईयोस् ।

0 comments

Leave a Reply