ब्लग रुचाउने मित्रहरू !

You Are Here: Home - Feature , Literature , Topnews - सम्झनामा राममान तृसित

'मान्छेको माया यहाँ, खोलाको पानीजस्तो...' यस्तै कालजयी गीतका गीतकार डा. राममान तृषित १७ जेष्ठमा हामीलाई सम्झनामा बिलाएर अस्ताएका छन् । नेपालीपन र नेपालीमनको गीत लेख्ने यीनै गीतकार तृषितको ७१ बर्षो उमेरमा निधान भएको हो ।
तृषितको राजधानीको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समय चिकित्सा पेशामा सक्रिय तृषितको स्वास्थ्यमा खरावी देखिएपछि तीन महिनाअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
तृषित विगत दुई वर्षदेखि मृगौला र नशा सम्बन्धी रोगबाट पीडित हुँदै आउनु भएको थियो । तृषितको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ देखि १२ बजेसम्म कमलादीस्थित प्रज्ञा भवनमा राखिएको थियो ।

आँसु झर्दाखेरि पनि रूवाई भन्न सकिएन
तिमी मेरो होइनौ पनि पराई भन्न सकिएन
कस्तो माया लाइएछ आˆनै मन मारिदिने
कस्तो बत्ती बालिएछ रातै लामो पारिदिने

यस्तै गीतका र्सजक तृषितप्रति  संस्कृति मन्त्री खगेन्द्र प्रसाई, कांग्रेस महामन्त्री प्रकाशमान सिंहका साथै गितकार, संगितकार, साहित्कयार र कलाकारलगायत विशिष्ट व्यक्तिहरुले प्रज्ञा भवन पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो

उनका प्रकाशित कृति
ड्ड फूल थरिथरिका ¬२०३३, एक मनको अनेक मृत्यु ¬२०३७, शोरा ¬२०४७, मनदेखिमनसम्म २०६५ गीत सङ्ग्रह । ड्ड क्षितिजको पृष्ठभूमिमा ¬२०५०, राममान ‘तृषित’का कविता ¬२०५४, बहुलाकोहातमा बन्दुक ¬२०५६ कविता सङ्ग्रह । ड्ड प्रेयसीका आँखासित पिरतीका कुरा ¬२०५४, गजल सङ्ग्रहड्ड अनुत्तरित प्रश्न ¬२०५७ लघुकविता सङ्ग्रहड्ड बन्दुकको नालबाट बाँसुरीको धून ¬२०५७, आज मान्छे खोज्नुपर्ने भएको छ¬२०५७, मुक्तक सङ्ग्रहड्ड भजनका नया पाइला ¬२०६४, भजन सङ्ग्रह,ड्ड लामबाहिर ¬निबन्ध सङ्ग्रह २०६१,ड्ड सर्जक ‘तृषित’का विचार शृफ्ला, कृति समीक्षा ¬२०६४ड्ड ६ वटा गीति एल्बम ।

सम्मान र पुरस्कार
छिन्नलता गीत पुरस्कार २०४७, व्यथित काव्य पुरस्कार २०६७, नातिकाजी विशेष सङ्गीत सम्मान २०६६, सुरभि नवरत्न स्रष्टा सम्मान २०६७, नेपाली साहित्य समिति विराटनगरबाट २०५३ मा सम्मानित, महाकवि देवकोटा सम्मान २०६६, गो.द.वा. चौथो २०४०, रेडियो नेपाल, हिमशिखर फाउण्डेशन, देवकोटा स्मृति सभा, सुगन्ध परिवार आदिबाट सम्मानित ।

0 comments

Leave a Reply