ब्लग रुचाउने मित्रहरू !

You Are Here: Home - Feature , Politics , Topnews - जेठ १४ को अनिष्ट टर्‍यो


अन्ततः दलहरुले आफ्नो कमाईखाने भाँडो सुरक्षित बनाएका छन् । जेठ १४ जनताले अब के हुन्छ भन्ने त्रासमा बिताएका थिए भने नेताहरुले आफ्नो कमाई खाने भाँडो संविधानसभालाई कसरी बचाउने भनेर रातभर जाग्राम नै बसेका थिए । कसरि थपियो संविधानसभाको म्याद, अनलाईनखबरले छापेको रिपोर्टिङ मैले यहाँ साभार गरेको छु, दलहरुबिच भएको सहमतिको पानासहित ।
'प्रमुख तीन दलबीच प्रधानमन्त्रीले राजीनामा दिने सहितका पाँच बुँदे सहमतिसँगै पहिलो चरणमा संविधानसभाको म्याद तीन महिना थपिएको छ ।
लामो छलफलपछि आइतबार विहान करिव सवा चारबजेतिर माओवादी, कांग्रेस र एमाले शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिने सहितको सहमति भएको हो ।
सहमतिसँगै बसेको संसदको बैठकले दुर्इ तिहार्इ बहुमतले अन्तरिम संविधानको धारा ६४ संशोधन गरी संविधानसभाको म्याद तीन महिना थपेको हो ।  निर्वाचनमा विधेयकको पक्षमा ५ सय ४ तथा विपक्षमा चार मत परेको थियो । बैठकमा ८८ जना सभासद भने तटस्थ बसेका छन् ।
प्रमुख तीन दलबीच तीन महिनाभित्र शान्ति प्रक्रियाका मूलभूत काम सम्पन्न गर्ने, तीन महिनाभित्र संविधाननसभाबाट संविधानको पहिलो मस्यौदा तयार पार्ने सहमति भएको छ ।
तीन महिनामा शान्ति प्रक्रिया पुरा भएपछि पुनः म्याद थपिने कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो । सहमतिको तेस्रो बुँदामा नेपाली सेनालाई समावेशी बनाउने लगायतका मधेसी मोर्चासँग विगतमा भएका सहमतिहरुको प्रभावकारी कार्यानवयन गर्ने उल्लेख छ ।
यसैगरी सहमतिको चौथो बुँदामा संविधानसभाको समयावधि तीन महिना थप्ने तथा पाँचौ बुँदामा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा गरी मार्गप्रशस्त्र गर्ने उल्लेख छ ।
सहमति पत्रमा माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनालले हस्ताक्षर गर्नु भएको छ ।'


0 comments

Leave a Reply