संसार भन्नु तिमी नै मेरो, छुट्टएिर कहाँ बाँचुँ
तिमी लडे दुख्छ मलाई, घाउ एउटै कहाँ हाँसुँ ।
बोली, बचन अनि त्रि्रो हाँसोहरु सधैं देखुँ,
त्रि्रो-मेरो प्रेमकथाका, गीतहरु धेरै लेखुँ
मेरो भन्नु तिमी नै हौ, छुट्टएिर कहाँ बाँचुँ,
तिमी लडे दुख्छ मलाई, घाउ एउटै कहाँ हाँसुँ ।
आधा पेट खाऔं बरु, माया-प्रिती साट्न पाउँ
अँगालोमै कस्सिएर एउटा जूनी काट्न पाउँ,
जीवन भन्नु तिमी नै हौ, छुट्टएिर कहाँ बाँचुँ,
तिमी लडे दुख्छ मलाई, घाउ एउटै कहाँ हाँसुँ ।
'मान्छेको माया यहाँ, खोलाको पानीजस्तो...' यस्तै कालजयी गीतका गीतकार डा. राममान तृषित १७ जेष्ठमा हामीलाई सम्झनामा बिलाएर अस्ताएका छन् । नेपालीपन र नेपालीमनको गीत लेख्ने यीनै गीतकार तृषितको ७१ बर्षो उमेरमा निधान भएको हो ।
तृषितको राजधानीको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समय चिकित्सा पेशामा सक्रिय तृषितको स्वास्थ्यमा खरावी देखिएपछि तीन महिनाअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
तृषित विगत दुई वर्षदेखि मृगौला र नशा सम्बन्धी रोगबाट पीडित हुँदै आउनु भएको थियो । तृषितको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ देखि १२ बजेसम्म कमलादीस्थित प्रज्ञा भवनमा राखिएको थियो ।
आँसु झर्दाखेरि पनि रूवाई भन्न सकिएन
तिमी मेरो होइनौ पनि पराई भन्न सकिएन
कस्तो माया लाइएछ आˆनै मन मारिदिने
कस्तो बत्ती बालिएछ रातै लामो पारिदिने
यस्तै गीतका र्सजक तृषितप्रति संस्कृति मन्त्री खगेन्द्र प्रसाई, कांग्रेस महामन्त्री प्रकाशमान सिंहका साथै गितकार, संगितकार, साहित्कयार र कलाकारलगायत विशिष्ट व्यक्तिहरुले प्रज्ञा भवन पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।
उनका प्रकाशित कृति
सम्मान र पुरस्कार
छिन्नलता गीत पुरस्कार २०४७, व्यथित काव्य पुरस्कार २०६७, नातिकाजी विशेष सङ्गीत सम्मान २०६६, सुरभि नवरत्न स्रष्टा सम्मान २०६७, नेपाली साहित्य समिति विराटनगरबाट २०५३ मा सम्मानित, महाकवि देवकोटा सम्मान २०६६, गो.द.वा. चौथो २०४०, रेडियो नेपाल, हिमशिखर फाउण्डेशन, देवकोटा स्मृति सभा, सुगन्ध परिवार आदिबाट सम्मानित ।
तृषितको राजधानीको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समय चिकित्सा पेशामा सक्रिय तृषितको स्वास्थ्यमा खरावी देखिएपछि तीन महिनाअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
तृषित विगत दुई वर्षदेखि मृगौला र नशा सम्बन्धी रोगबाट पीडित हुँदै आउनु भएको थियो । तृषितको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ देखि १२ बजेसम्म कमलादीस्थित प्रज्ञा भवनमा राखिएको थियो ।आँसु झर्दाखेरि पनि रूवाई भन्न सकिएन
तिमी मेरो होइनौ पनि पराई भन्न सकिएन
कस्तो माया लाइएछ आˆनै मन मारिदिने
कस्तो बत्ती बालिएछ रातै लामो पारिदिने
उनका प्रकाशित कृति
ड्ड फूल थरिथरिका ¬२०३३, एक मनको अनेक मृत्यु ¬२०३७, शोरा ¬२०४७, मनदेखिमनसम्म २०६५ गीत सङ्ग्रह । ड्ड क्षितिजको पृष्ठभूमिमा ¬२०५०, राममान ‘तृषित’का कविता ¬२०५४, बहुलाकोहातमा बन्दुक ¬२०५६ कविता सङ्ग्रह । ड्ड प्रेयसीका आँखासित पिरतीका कुरा ¬२०५४, गजल सङ्ग्रहड्ड अनुत्तरित प्रश्न ¬२०५७ लघुकविता सङ्ग्रहड्ड बन्दुकको नालबाट बाँसुरीको धून ¬२०५७, आज मान्छे खोज्नुपर्ने भएको छ¬२०५७, मुक्तक सङ्ग्रहड्ड भजनका नया पाइला ¬२०६४, भजन सङ्ग्रह,ड्ड लामबाहिर ¬निबन्ध सङ्ग्रह २०६१,ड्ड सर्जक ‘तृषित’का विचार शृफ्ला, कृति समीक्षा ¬२०६४ड्ड ६ वटा गीति एल्बम ।
सम्मान र पुरस्कार
छिन्नलता गीत पुरस्कार २०४७, व्यथित काव्य पुरस्कार २०६७, नातिकाजी विशेष सङ्गीत सम्मान २०६६, सुरभि नवरत्न स्रष्टा सम्मान २०६७, नेपाली साहित्य समिति विराटनगरबाट २०५३ मा सम्मानित, महाकवि देवकोटा सम्मान २०६६, गो.द.वा. चौथो २०४०, रेडियो नेपाल, हिमशिखर फाउण्डेशन, देवकोटा स्मृति सभा, सुगन्ध परिवार आदिबाट सम्मानित ।
अन्ततः दलहरुले आफ्नो कमाईखाने भाँडो सुरक्षित बनाएका छन् । जेठ १४ जनताले अब के हुन्छ भन्ने त्रासमा बिताएका थिए भने नेताहरुले आफ्नो कमाई खाने भाँडो संविधानसभालाई कसरी बचाउने भनेर रातभर जाग्राम नै बसेका थिए । कसरि थपियो संविधानसभाको म्याद, अनलाईनखबरले छापेको रिपोर्टिङ मैले यहाँ साभार गरेको छु, दलहरुबिच भएको सहमतिको पानासहित ।
'प्रमुख तीन दलबीच प्रधानमन्त्रीले राजीनामा दिने सहितका पाँच बुँदे सहमतिसँगै पहिलो चरणमा संविधानसभाको म्याद तीन महिना थपिएको छ ।
लामो छलफलपछि आइतबार विहान करिव सवा चारबजेतिर माओवादी, कांग्रेस र एमाले शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिने सहितको सहमति भएको हो ।
सहमतिसँगै बसेको संसदको बैठकले दुर्इ तिहार्इ बहुमतले अन्तरिम संविधानको धारा ६४ संशोधन गरी संविधानसभाको म्याद तीन महिना थपेको हो । निर्वाचनमा विधेयकको पक्षमा ५ सय ४ तथा विपक्षमा चार मत परेको थियो । बैठकमा ८८ जना सभासद भने तटस्थ बसेका छन् ।
प्रमुख तीन दलबीच तीन महिनाभित्र शान्ति प्रक्रियाका मूलभूत काम सम्पन्न गर्ने, तीन महिनाभित्र संविधाननसभाबाट संविधानको पहिलो मस्यौदा तयार पार्ने सहमति भएको छ ।
तीन महिनामा शान्ति प्रक्रिया पुरा भएपछि पुनः म्याद थपिने कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो । सहमतिको तेस्रो बुँदामा नेपाली सेनालाई समावेशी बनाउने लगायतका मधेसी मोर्चासँग विगतमा भएका सहमतिहरुको प्रभावकारी कार्यानवयन गर्ने उल्लेख छ ।
यसैगरी सहमतिको चौथो बुँदामा संविधानसभाको समयावधि तीन महिना थप्ने तथा पाँचौ बुँदामा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा गरी मार्गप्रशस्त्र गर्ने उल्लेख छ ।
सहमति पत्रमा माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनालले हस्ताक्षर गर्नु भएको छ ।'
सूचना-प्रविधिमा भएको द्रुतत्तर विकासले अहिले असम्भव कुराहरुलाई पनि सम्भव तुल्याउँदै लगेको छ । हालै क्यानेडिएन अनुसन्धाताहरुको एक टोलीले क्रेडिट कार्डजस्तै लचकता भएको जहाँ पनि बोक्न मिल्ने 'प्लास्टिक स्मार्ट फोन' को विकास गरेका छन् ।
'डब्ड पेपरफोन' नाम दिइएको '९.५ डायगोनल थिन फिल्म फ्लेक्जिवल डिस्प्ले' भएको उक्त स्मार्टफोन आगामी दिनको पेपर-थिन हृयाण्डसेट र ट्याव्लेट भएको बताइएको छ । यस स्मार्टफोनमा प्रयोगकर्ताले फोन कल गर्न, गीत बजाउन, गुगलको नक्सा हर्ेन तथार् इबूक आदि पढ्नको लागि कुनै पनि प्रकारको कि थिच्नु नपर्ने साथै स्त्रिmन टच पनि गर्न नपर्ने जनाइएको छ । लचकदार फोनको कुनामा हलुका दोबारेर साथै दायाँतिरको किनारमा अगाडि र पछाडि रोलिङ गरेर यसमा सबै कमान्डहरु दिन सकिने अनुसन्धाताहरुले बताएका छन् । उनीहरुका अनुसार अहिले चलनचल्तिमा रहेको स्मार्टफोनले जस्तै यसले पनि काम गर्दछ ।
लचकदार डिस्प्ले भएका कारण यो फोनलाई खल्तीमा समेत राख्न सकिने छ । अनुसन्धानमा संलग्न टिमका टोलीनेता रोएल भर्टगालले भने 'यो भविश्य हो । पाँच वर्षा यो सबै देखिन र महशुस गरिन लागिएको छ ।' यस अल्ट्रा थिन स्मार्टफोनको विकाससँगै भविष्यमा अफिसहरुमा पेपर तथा प्रिन्टर आदिको आवश्यकता घट्दै जाने यसका प्रयोगकर्ताले डकुमेन्ट स्टोर गर्नका साथै अन्तरक्रियाहरु सजिलै गर्न सक्ने उनीहरुले दावी गरेका छन् । उनीहरुले भने -'यसमा तपाईले दोबारेर, कुनाका भागहरु फर्काएर पेजहरु खोल्नका साथै सिसाकलमको सहायताले पनि लेख्न सक्नुहुनेछ ।'
अन्वेषकहरुले नाडी घडीझैं लगाउन मिल्ने कम्प्युटरको विकास पनि गरेका छन् । नाडीबाट खोलेपछि यसलाई अहिलेको नोटबुकजस्तै गरि चलाउन सकिने बताइएको छ । यी दुबै उत्पादनहरुलाई सहजरुपमा बजारमा पाउनका लागि कम्तिमा ५ वर्षेखि १० वर्षलाग्ने उनीहरुले बताएका छन् ।
वासिङटन- माइक्रोसफ्टले इन्टरनेटमा टेलिफोन सेवा दिने स्काइपलाई चाहिने भन्दा बढी पैसामा किनेको भन्दै लगानीकर्ता र आलोचकहरुले नकारात्मक प्रतिक्रिया दिएको रोयटर्सले जनाएको छ।
माइक्रोसफ्टले मंगलबार स्काइपलाई साढे आठ अर्ब अमेरिकी डलरमा खरिद गर्ने घोषणा गरेको थियो। आम्दानी गुमाउँदै गएको स्काइपलाई त्यति महँगोमा खरिद गर्नु तर्कसंगत नभएको उनीहरुको जिकिर छ।
स्काइपको खरिद रकम यसको वास्तविक मूल्यभन्दा दुई गुणा बढी भएको उनीहरुले अनुमान गरेका छन्। माइक्रोसफ्टको घोषणा सुनेर लगानीकर्ताहरु आफै अचम्ममा परेका छन्।
उनीहरुले त्यसो नगरेको भए हुन्थ्यो, माइक्रोसफ्टको सेयर किनेको टी टु पार्टनर्सका व्यवस्थापन साझेदार र संस्थापक ह्विटनी टिल्सनले रोयटर्सलाई बताए।
‘स्काइप सबैले प्रयोग गर्छन्, माइक्रोसफ्टले यो किनेकोमा मलाई खुसी लागेको छ। तर उनीहरुले पैसा भने धेरै तिरेका हुन्,' मंगलबार माइक्रोसफ्टको सेयर किन्ने र बेच्ने दुवै काम नगरेका उनले बताए।
माइक्रोसफ्टले स्काइपलाई आफ्नो एक्सबक्स गेम कन्सोल, आउटलुक इमेल प्रोग्राम र विन्डोज स्मार्टफोनहरुसित जोडी मिलाइदिने बताएको छ। यी सबमा इन्टरनेटबाट फोन गर्ने विकल्प पहिल्यै छन् तर स्काइपले यसलाई फाइदा गर्ने उसको अनुमान छ।
कम्प्युटरबाट कम्प्युटरमा निःशुल्क र ल्यान्डलाइन र मोबाइल फोनहरुमा सशुल्क फोन गर्न मिल्ने स्काइपबाट गत वर्ष २ खरब मिनेटभन्दा बढी आवाज र भिडियो कल भएको थियो।
स्काइपको बेटा संस्करण आठ वर्षअघि सुरु भएको हो। सन् २००५ को अक्टोबरमा २ अर्ब ६० करोडमा इबेले स्काइप किनेको थियो। गत वर्ष अगस्त ९ मा स्काइपले सार्वजनिक शेयर बिक्रीका लागि अमेरिकामा निवेदन दिएको थियो।
(एजेन्सीहरुको सहयोगमा अनलाईनखबरबाट)
नेपाली समाजमा हर्ुकदै गरेको चेतनाको लहर अब नयाँ पूस्तामा राम्रैसँग देखा पर्न थालेको छ । हिजोसम्म विद्यार्थीहरुलाई राजनीतिक दलहरुले राजनीतिका लेक्चर दिएर प्रयोग गर्ने गर्थे तर आजका विद्यार्थी तथा युवा स्वतस्फर्ूत राजनीतिक विचारलाई बुझने अनि राज्यप्रतिको जिम्मेवारीलाई महशुस गर्न सक्ने भएको उदाहरण भर्खरै मात्र राजधानीमा संविधान समयमै निर्माण गर्न दबाद दिने प्रयोजनले आयोजित एउटा स्वतस्फर्ूत युवाहरुको जमघटले प्रष्ट पारेको छ ।
शिक्षाको स्तरमा हुँदै गरेको परिष्करण र प्रविधिको सहज पहुँचले नेपाली युवाहरु विशेष गरि सहरिया युवाहरुलाई लाग्दै आएको राज्यप्रतिको उत्तरदायित्वबाट पन्छिदै गएको भन्ने आरोपलाई ठूलै झापड हानेको थियो उक्त भेलाले र्।र् इन्टरनेटको सामाजिक सन्जाल फेसबुक र र्टर्ुइटर जस्ता विश्वव्यापी सञ्जालभित्र उनीएका नेपाली युवाहरुले स्वतस्फर्ूत रुपमा गरेको उक्त दबाबले यहाँ अब कोही राजनीतिक व्यक्तित्व या त सामाजिक अगुवाको भेषधारीहरुको नेतृत्व नभए पनि युवाहरुले यसरी खबरदारी गर्न सक्छन् भन्ने उदाहरण बनेको छ । मैले उक्त कुरालाई नजिकबाट नियाल्न नपाए पनि विभिन्न अनलाई समाचारमार्फ पढ्ने मौका पाएँ । नेपालबाट दर्ता भएका ९ लाख फेसबुक प्रयोगकर्ता र लाखौं र्टर्ुइटरकर्ताहरु भोली एकै ठाउँमा उभिएर यसरी नै खबरदारी र राज्यप्रतिको उत्तरदायित्वलाई सोच्ने हो भने देशलाई बचाउन सकिन्छ । मैले यहाँ नागरिक न्यूजको अनलाई संस्करणमा प्रकाशित यसै सम्बन्धि रिपोर्टिङलाई साभार गरेको छु ।
"आम चासोको विषयलाई लिएर शनिबार राजधानीमा भएको युवा भेलाले इन्टरनेटमा सामाजिक सन्जालको प्रभावकारिता साबित गरेको छ। जेठ १४ गतेभित्रै संविधान जारी गर्न दबाब दिने उद्देश्यले माइतीघर मण्डलामा जम्मा भएका फेसबुक र ट्विटर प्रयोगकर्ताको नारा थियो - ज्याला पुरा लियौ, अब संविधान देऊ।
आयोजक कोही नरहेको र कसैसँग निम्तो दिनेको विवरण थाहा नभएका सबै त्यहाँ आफ्नो इन्टरनेट भित्तोमा टाँसिएको सूचना पढेकै भरमा जम्मा भएका थिए। यसरी जम्मा हुने केही सय मात्र भए पनि उनीहरूको जमघट काठमाडौंका कुनै पनि भेलाभन्दा एकदमै भिन्न थियो।
फेसबुक र ट्विटरमा सक्रिय मिस नेपालदेखि लिएर नयाँ पुस्तालाई लोभ्याइरहेका सिने अभिनेता अनि कुनै राजनीतिक दलमा आवद्ध नरहेका विद्यार्थी अगुवा। त्यहाँ जम्मा भएका सञ्चारकर्मी पनि फेसबुककै सूचनाका भरमा पुगेका थिए।
नेताहरूले लामो समयसम्म संविधान दिन नसकेको र शान्ति प्रक्रिया पनि टुंगोमा पुर्याउन नसकेको सहभागीको आरोप थियो। कार्यक्रममा उपस्थित सबैले मण्डलासँगैको ट्राफिक आइल्यान्डलाई साङ्ग्लो बनाएर घेरेका थिए। उनीहरूको हातहातमा संविधान तयार पार्नुपर्ने नारा लेखिएको प्लेकार्ड थियो।
सबैलाई पालैपालो आफ्नो मनमा लागेको कुरा बोल्ने मौका दिइँदा भाषण गर्ने कला जानेका केही युवाले मनमा दबिएर बसेको आक्रोश अभिव्यक्त गरेका थिए। केहीले भने कविताका माध्यमबाट त्यसलाई प्रकट गरे।
एक म्याद वर्ष थपिसकेर पनि परिणाम नआएपछि फेरि थप्न खोज्नु जनादेशप्रतिको ठूलो अपमान भएको उनीहरूको आरोप छ। ‘छोटो समयमै पनि संविधान जारी गर्न सक्छौं भनेर धेरै पटक नेताहरूले भन्दै आएका छन्,' एक सहभागीले भने, ‘अब त्यसो गरिएन भने जनताको आकांक्षाप्रति ठूलो विश्वासघात हुनेछ।'
फेसबुकमा यो जमातलाई प्रभावकारी बनाउन खोलिएको समूह ‘नेपाल युनाइट्स'का अनुसार यस किसिमको कार्यक्रमलाई निरन्तरता दिइनेछ।"
बाध्यतामा टाढा हुँदा, पर्राई मलाई नसोच है
जूनीभरको माया ला'छु, बैमानी मन नरोज है ।
दुनियाको आँखाभरी, हाम्रो माया सुन बनोस्
बदनामी बनाउनेलाई, हाम्रो साथ नुन बनोस्
पाईला-पाईला तिमी रोजें, पर्राई मलाई नसोच है
जूनीभरको माया ला'छु, बैमानी मन नरोज है ।।
हत्केलामा पोखिएला, मनको झोला थाप माया
जोडी हाम्रो सधैंभरी, बरपीपलझैं दाया-बायाँ
हरघडीको साथी तिमी, पर्राई मलाई नसोच है
जूनीभरको माया ला'छु, बैमानी मन नरोज है ।।।
- Yogesh Yonjan
ब्लगलाई परिस्कृत गर्ने क्रममा मेरो ब्लगगको बायाँ र्साईडबारमा राखिएको 'फोटो ब्लग' लिङ्कलाई पर्ूण्ाता प्रदान गर्ने क्रम लगभग अन्तिम चरणमा पुगेको छ । मैले आज फोटो ब्लगको औपचारिक प्रकाशन गरेको छु । आफ्नै दर्ुइ-चार फोटोहरु प्रकाशन गरेर सुरु गरेको यस ब्लगमा म आफूले खिचेका र आफ्नै व्यक्तिगत र पारिवारिक फोटोहरु प्रकाशन गर्दै जानेछु । मैले यो टेम्प्लेट पनि 'सिम्प्लेक्स डिजाईन'बाट नै लिईएको हो ।
बाटुलो मुहार, त्यो मुहारले मुस्कान छर्दा गालामा डिम्पल पर्ने । त्यसैले सबैले 'आहा कस्ती राम्री, नायिका जस्तै' भन्छन् उनलाई । तर नायिका हैनन उनी । नायिका बन्ने सपना थाँती राखेर उनी गत वर्ष मोडलिङमा छिरिन् । 'मिस इ कलेज-२०१०'मा मिस बेस्ट हेयरको उपाधि पनि जितिन् । यिनी हुन् मोडल मोनिका खड्का । पछिल्लो समय मोडलिङ छाउँदै गरेकी मोनिका निकै फर्साईलोसँग बोल्छिन् र भन्छिन पनि,' मलाई साथीहरुले यो बढी बोल्छे भन्छन् । सबैसँग हाँसेर मिठोसँग बोल्नु नराम्रो हो त सर ?'
ललितपुर सुनाकोठीकी यी मोडलको अर्को परिचय हो ब्युटिसियन । मानिसलाई सुन्दर पार्न निक्कै खप्पीस छिन् उनी । त्यसैले ललितपुरकै कुमारीपाटीमा नेचर ब्युटी क्लब सँञ्चालन गर्दै आएकी छिन् मोनिकाले । ललितपुरकै लगनखेल स्थित ग्लोबल भिलेज कलेजमा स्नातक दोस्रो बर्षमा अध्ययनर मोनिकाको सपना हो,' हवाइ परी बन्नु । त्यसैले उनले एयरहोस्टेजको प्रशिक्षण लिँदैछिन् । २१ बसन्तको सँघारमा पुगेकी मोनिकाका थुप्रै केटा साथी छन् । तर अँग्रेजी शब्द ब्वाईफ्रेन्ड ले जनाउने प्रेमी छैनन् । ब्वाई फ्रेन्ड बन्न उनलाई अनगिन्ती प्रस्तवा पनि नआउने हैनन, । तर मनले खाएको पाएकी छैनन उनले ।
कस्तोलाई उनको मनले खान्छ त ? जवाफमा लाजको लाली छर्दै मन्द मुस्कानका साथ उनले भनिन्,' बिबाह गर्ने प्रेमी (ब्वाईफ्रेन्ड) भने छैन । सुन्दर, शुशिल, मेरा भावनालाई बुझ्ने पाएँ भने मात्र प्रेम गर्छु ।' त्यो प्रेमीले आफुलाई जीवनभर पति बनेर साथ दिनु पर्ने उनको सर्त छ । सेक्सको बारेमा खुलेर कुरा गर्ने मोनिकाले फेरी पनि केही सँकोच मन्दै भनिन्,'प्रकृतिले सबैलाई सेक्स दिएको छ । यसको बारेमा बहस गर्न के को लाज ?' यसो भन्दैमा सामाजिक मर्याद नाघेर सेक्सको चर्चा गर्नु र विवाह अघि मन मिल्यो भन्दै यौन सम्बन्ध राख्नु राम्रो हैन भन्ने सुझाब छ उनको ।

बल्ल नेपालमा पनि कानून छ अनि भ्रष्टाचार, अनियमितता तथा नियमविपरित काम गर्नेलाई कानूनले ठीक पार्छ भन्ने आभाष हुन थालेको छ । विशेष अदालतले दिएको सफाईलाई बदर गर्दै सर्वोच्चले पर्ूवमन्त्री वाग्लेलाई जेल पठाएपछि सुरु भएको भ्रष्टाचार तथा अनियमितताविरोधी अभियानले अहिलेसम्म निरन्तरता पाईरहेको छ ।
पर्ूवमन्त्री वाग्लेपछि कारबाहीमा पर्दै गरेका अन्य विशिष्ट ओहदाका व्यक्ति, व्यापारी अनि सभासदहरुको लहर लामै छ । पछिल्ले समय सभासद डीवी कार्कीमाथिको कारबाही तथा अर्थराज्यमन्त्री लारक्याल लामाले दिएको राजीनामा पनि यसैको एउटा सिलसिला थियो । लामालाई स्वतन्त्र तिव्वत आन्दोलनको साथ दिएको तथा विभिन्न तिन देशको नागरिकता दिई कानूनको दुरुपयोग गरेको आरोप छ । उनको राजीनामासँगै यो उनको कर्तुत प्रष्टिँदै गएको छ । त्यस्तै कूटनीतिक राहदानी दुरुपयोगको अभियोग लागेका सभासदद्वय वीपी यादव र यागत्री साहविरुद्धको कारबाही श्रृंखलाले पनि यसको निरन्तरता पाएको हो ।
सरकार तथा न्यायिक निकायहरुले खुट्टा नकमाईकन यस्ता व्यक्तिहरुलाई कारबाही गर्दै जाने हो भने यहाँ अधिकांश दलका उच्च नेता, कार्यकर्ता, व्यापारी तथा अन्य विशिष्ट व्यक्तिहरुको लामै सूचि बन्न सक्छ । कानूनी राज्यको साख उच्च राख्न एवं देशलाई आर्थिक विकासतिरको बाटोमा अग्रसर गराउन पनि यसले एउटा प्रमुख भूमिका खेल्न सक्छ । मुलुकको संक्रमणकालको फाइदा उठाएर जनता ठग्ने यस्ता यस्ताहरुलाई कारबाही गर्दै जानर्ुपर्छ । जनताले चाहेको शान्ति, स्वतन्त्रता, न्याय अनि उच्च आर्थिक हैसियत तव बन्छ जब देशले कानूनि राज्यको प्रत्याभूति जनतालाई दिन सक्छ ।

सोझो पाराले नभएपछि मानिसले अब पैसा कमाउनको लागि जेपनि गर्न तयार भएकाछन् । आर्थिक मन्दिका कारण ब्यापार-ब्यवसाय चौपट बनिरहेको बेला स्पेनको बास्क इलाकाको एक जिमखानाले ग्राहकहरुलाई आकर्षित गर्न नौलो तरिका अपनाएको छ ।
यस जीमखानामा न्युडिस्ट अर्थात नग्नतावादी मानिसहरुलाई नाङ्गै शारिरिक अभ्यास गर्ने सुविधा रहेको छ । स्वस्थ रहनका लागि नाङ्गो हुन छुट दिने अरिगोरिएगास्थित यो पहिलो जिमखाना हो । ‘मन्दिले गर्दा आजभोलि जिम आउने ग्राहकहरु निकै कम छन्,’ जिम संचालिका मार्क लसेकाले बताइन्, ‘म आफैमा नग्नताबादी होइन तर यसमा मेरो कुनै आपत्ती छैन । यो सेवाको उदेश्य पैसा आर्जन गर्नु नै हो ।’
इजी जिम’ खोल्नुअघि भने यथेष्ट अनुसन्धान गरिएको थियो । स्थानिय दुई स्विमिङ पुलले पनि न्युडिस्टहरुका लागि मासिकरुपमा नाङ्गै स्विमिङ गर्ने सुविधा दिदै आएको छ । साथै हरेक वर्ष सामुन्दि्रक तटमा नाङ्गो दौड प्रतियोगिता समेत आयोजना गर्ने गरेको छ । बास्क क्षेत्रमा दर्जनभन्दा बढी यस्तो तट रहेको छ भने देशभर झन धेरै रहेको पाइन्छ । ‘म सधै नयाँ र अनौठो कार्य गर्न उत्साहित हुन्छु,’ जिमको उद्घाटन कार्यक्रममा सहभागी भएका बास्क नेचुरिस्ट एसोसिएसनका अध्यक्ष मैते बैक्युनाले भने, ‘कपडाबिना ब्यायाम गर्नु प्राकृतिक हो अनि सुविधाजनक पनि हुन्छ ।’ जिमको समर्थनमा ९० प्रतिसत मत आएको एक सर्वेक्षणले देखाएको छ ।
यद्यपी नाङ्गो ब्यायाम गर्ने सुविधा दिनु गलत हो भन्दै यस किसिमको जिमप्रति रुष्टहुनेहरुको संख्या पनि कम छैन । कुनै पनि खेल वा ब्यायामका लागि अन्डरवयर बनाइएको हुनाले नग्नता प्रदर्शन गर्नु उचित नहुने उनीहरुले बताएका छन् । ‘संसारमा हरेक ब्यक्ति स्वतन्त्र छन् तर नग्न हुनु अस्वास्थ्यकर चिज हो,’ बिलबाओका एक परम्परागत जिम सञ्चालकले बताए, ‘नाङ्गो रहदा शरिरको पसिना कपडाले सोस्न नपाउने हुदा पसिना मेसिना, भुई वा नजिकैको ब्यक्तिमा जान्छ ।’
तैपनि नाङ्गै ब्यायाम गर्न मिल्ने आफ्नो जिम अब्यबहारिक नभएको जिम संचालिकाले बताइन् । उद्घाटनको दिनमै केबल ४ जना मात्र ग्राहक आएपछि यस ब्यवसायबाट धेरै पैसा कमाउने उनको सपना भने बिपना बन्न मुस्किलै छ ।

आजभोलि युवतीहरु जिरो फिगर भनेपछि हुरुक्कै हुन्छन् । मोटोपनासँगै शरिर भद्दा देखिने हुदा सुन्दरी बन्ने होडमा युवतीहरु डाइटिङ् गर्ने तथा अन्य खाना ब्यवहारमा सतर्कता अपनाउछन् । तर फेसन र जिरो फिगरको जमानामा अपवाद बनेकी छिन् अमेरिकी महिला डोना सिम्पसन । उनी अहिले संसारकै मोटी महिला बनेर नाम कमाउने कसरतमा छिन् ।
न्यूजर्सी बस्ने ४३ वर्षिय सिम्पसन आफ्नो वजन २७३ बाट बढाएर ४५९ किलो बनाउन प्रत्येक दिन खानपिनमै ब्यस्त छिन् । आफ्नो मनपर्ने जापानी ‘डिससुशी’ उनले दिनको ७० प्लेट खाने गरेकी छिन् । जसबाट झण्डै १२ हजार क्लोरी शक्ति मिल्दछ । एक होटेलमा शेफको काम गर्ने पहिलो श्रीमानबाट बढी खाना खाने आदत बसेको उनले बताइन् ।
उनका श्रीमानले बचेखुचेका सबै खाना घरमा ल्याउने गर्दथे । केहि वर्षपछि उनले वजन घटाउन प्रयास पनि गरिन् । फलस्वरुप ३० केजी कम पनि भयो । बढ्दोतौल कम गर्न अपरेसन गर्ने विचार पनि उनलाई आएको थियो । तर पछि उनले यो बिचार त्यागिन् । कारण थियो- यस्तै अपरेसनमा उनको एक साथीको मृत्यु भएको थियो । यसले उनलाई मोटो बनेर चर्चा कमाउन प्रेरित गर्यो ।
२००६ मा अनलाइन च्याटबाट सिम्पसनले फिलिप गुआम्बासँग मित्रता गासेकी थिइन्, जो पछि उनको ब्वाइफ्रन्ड बने । ६ फिट ४ इन्च र ८२ केजी तौल भएका फिलिपसँगको सम्बन्धका कारण उनी गर्भवती पनि बनिन् । बच्चा नजन्माउन डाक्टरले दिएको सुझाब बेवास्ता गर्दै उनले २००७ मा छोरीलाई जन्म दिई विश्वकै मोटी आमा बनिन् । अब उनको सपना छ विश्वकै सबैभन्दा मोटी महिला बन्ने ।

आइसल्याण्डका पल अरसनले आफ्नो जीवनभर चर्चामा आउन कुनै कसुर बाँकी राखेनन् । तर भाग्यले साथ नदिएपछि के लाग्छ र ? बाचुञ्जेल नाम कमाउन नसके पनि मरेपछि सबैले सम्झने काम गरेका छन् । विभिन्न जनावरहरुको अनौठो लिङ्गहरु संग्रह गरिएको हुसाभिक शहरस्थित संग्रहालयलाई मृत्युपर्यन्त आफ्नो लिङ्ग दान गर्ने घोषणापछि ९५ वषिर्य अरसन चर्चा बटुल्न सफल भएका थिए ।
यसअघि नै संग्रालयमा हृवेल, भालुलगायत अन्य स्तनधारीहरुको लिङ्ग प्रदर्शनीका लागि राखिएको छ । अरसनको लिङ्गसँगै संग्रालयले पूर्णरुप पाएको संचालक जरतसनले बताए । ‘ १५ वर्षदेखि म अरसनलाई प्रतिक्षा गरेर बसिरहेको थिएँ,’ जरतसनले एक टेलिफोन बार्तामा भने । जनवरी ५ मा मृत्यु भएपछि डाक्टरद्वारा अरसनको लिङ्ग सर्जरी गरि झिकिएको थियो । उनको लिङ्ग दान अहिलेसम्मकै पहिलो घटना हो ।
स्वभावैले मानिस अरुको सिको गर्ने प्रवृतिका हुन्छन् । अरसनको यो हर्कतपछि अमेरिकी, बेलायती र जर्मनलगायत अन्य धेरैले मृत्युपछि आफ्नो लिङ्ग दान गर्न इच्छा जाहेर गरेका छन् । सबैभन्दा लामो स्पर्म हृवेलको लिङ्ग ६७ इन्च रहेको छ । शहरको पर्यटन उद्योग प्रर्वद्वनमा उक्त संग्रहालयले महत्वपूर्ण भूमिका खेलेको छ । प्रत्येक गृष्म ऋतुमा हजारौं पर्यटकहरु संग्रहालय भ्रमणमा आउने गरेको तथ्याङ्क छ ।
आफू सानो छँदा साथीभाईले हृवेल, साँढे आदिको लिङ्गका आकृतिहरु उपहार दिएकाले फ्यालोलोजिकल म्युजियम संचालन गर्न प्रेरित गरेको जरतसनले बताए । ‘६२ लिङ्गसहित मैले यो संग्रहालय १५ वर्षअघि खालेको थिए,’ उनले भने, ‘अहिले २७६ लिङ्गका आकृतिहरु छन् ।’ पहिलो मानब लिङ्ग संग्रहालयमा राखिएपछि पर्यटक आगमनमा बृद्वि हुने उनले आशा गरेका छन् ।
यसअघि नै संग्रालयमा हृवेल, भालुलगायत अन्य स्तनधारीहरुको लिङ्ग प्रदर्शनीका लागि राखिएको छ । अरसनको लिङ्गसँगै संग्रालयले पूर्णरुप पाएको संचालक जरतसनले बताए । ‘ १५ वर्षदेखि म अरसनलाई प्रतिक्षा गरेर बसिरहेको थिएँ,’ जरतसनले एक टेलिफोन बार्तामा भने । जनवरी ५ मा मृत्यु भएपछि डाक्टरद्वारा अरसनको लिङ्ग सर्जरी गरि झिकिएको थियो । उनको लिङ्ग दान अहिलेसम्मकै पहिलो घटना हो ।स्वभावैले मानिस अरुको सिको गर्ने प्रवृतिका हुन्छन् । अरसनको यो हर्कतपछि अमेरिकी, बेलायती र जर्मनलगायत अन्य धेरैले मृत्युपछि आफ्नो लिङ्ग दान गर्न इच्छा जाहेर गरेका छन् । सबैभन्दा लामो स्पर्म हृवेलको लिङ्ग ६७ इन्च रहेको छ । शहरको पर्यटन उद्योग प्रर्वद्वनमा उक्त संग्रहालयले महत्वपूर्ण भूमिका खेलेको छ । प्रत्येक गृष्म ऋतुमा हजारौं पर्यटकहरु संग्रहालय भ्रमणमा आउने गरेको तथ्याङ्क छ ।
आफू सानो छँदा साथीभाईले हृवेल, साँढे आदिको लिङ्गका आकृतिहरु उपहार दिएकाले फ्यालोलोजिकल म्युजियम संचालन गर्न प्रेरित गरेको जरतसनले बताए । ‘६२ लिङ्गसहित मैले यो संग्रहालय १५ वर्षअघि खालेको थिए,’ उनले भने, ‘अहिले २७६ लिङ्गका आकृतिहरु छन् ।’ पहिलो मानब लिङ्ग संग्रहालयमा राखिएपछि पर्यटक आगमनमा बृद्वि हुने उनले आशा गरेका छन् ।
मलाई ठ्याक्कै मिति याद नभए पनि म करिब-करिब ६ वर्षपहिलेदेखिको Blogger User हुँ । तर यो लामो अन्तरालमा मैले 'ब्लगर ब्लग' लाई नितान्त ब्लगिङभन्दा पनि वेभ-र्साईटको स्र्टाईलमा विकास गर्ने कोसिस गरेको थिएँ । मैले त्यहि दौरान केही ब्लगहरु सिर्जना गरेको थिएँ, जो अहिले पनि मैले प्रयोग गर्ने गरेको छु ।
अहिले धेरै पछि आएर, मैले एउटा ब्लग सुरू गरेको छु जहाँ म जीवनभर आफ्ना विचार, लेख र अन्य सामग्रीहरु प्रकाशन गर्ने कोशिष गर्नेछु । आगामी दिनमा म आफ्ना अप्रकाशित सामग्रीहरु यहाँ राख्नेछु अनि नयाँ सामग्रहरु पनि ।