ब्लग रुचाउने मित्रहरू !

You Are Here: Home - Feature , Tech , Topnews - "पेपरफोन" प्रविधिको उच्चतम नमूना


सूचना-प्रविधिमा भएको द्रुतत्तर विकासले अहिले असम्भव कुराहरुलाई पनि सम्भव तुल्याउँदै लगेको छ । हालै क्यानेडिएन अनुसन्धाताहरुको एक टोलीले क्रेडिट कार्डजस्तै लचकता भएको जहाँ पनि बोक्न मिल्ने 'प्लास्टिक स्मार्ट फोन' को विकास गरेका छन् ।
'डब्ड पेपरफोन' नाम दिइएको '९.५ डायगोनल थिन फिल्म फ्लेक्जिवल डिस्प्ले' भएको उक्त स्मार्टफोन आगामी दिनको पेपर-थिन हृयाण्डसेट र ट्याव्लेट भएको बताइएको छ । यस स्मार्टफोनमा प्रयोगकर्ताले फोन कल गर्न, गीत बजाउन, गुगलको नक्सा हर्ेन तथार् इबूक आदि पढ्नको लागि कुनै पनि प्रकारको कि थिच्नु नपर्ने साथै स्त्रिmन टच पनि गर्न नपर्ने जनाइएको छ । लचकदार फोनको कुनामा हलुका दोबारेर साथै दायाँतिरको किनारमा अगाडि र पछाडि रोलिङ गरेर यसमा सबै कमान्डहरु दिन सकिने अनुसन्धाताहरुले बताएका छन् । उनीहरुका अनुसार अहिले चलनचल्तिमा रहेको स्मार्टफोनले जस्तै यसले पनि काम गर्दछ ।
लचकदार डिस्प्ले भएका कारण यो फोनलाई खल्तीमा समेत राख्न सकिने छ । अनुसन्धानमा संलग्न टिमका टोलीनेता रोएल भर्टगालले भने 'यो भविश्य हो । पाँच वर्षा यो सबै देखिन र महशुस गरिन लागिएको छ ।' यस अल्ट्रा थिन स्मार्टफोनको विकाससँगै भविष्यमा अफिसहरुमा पेपर तथा प्रिन्टर आदिको आवश्यकता घट्दै जाने यसका प्रयोगकर्ताले डकुमेन्ट स्टोर गर्नका साथै अन्तरक्रियाहरु सजिलै गर्न सक्ने उनीहरुले दावी गरेका छन् । उनीहरुले भने -'यसमा तपाईले दोबारेर, कुनाका भागहरु फर्काएर पेजहरु खोल्नका साथै सिसाकलमको सहायताले पनि लेख्न सक्नुहुनेछ ।'
अन्वेषकहरुले नाडी घडीझैं लगाउन मिल्ने कम्प्युटरको विकास पनि गरेका छन् । नाडीबाट खोलेपछि यसलाई अहिलेको नोटबुकजस्तै गरि चलाउन सकिने बताइएको छ । यी दुबै उत्पादनहरुलाई सहजरुपमा बजारमा पाउनका लागि कम्तिमा ५ वर्षेखि १० वर्षलाग्ने उनीहरुले बताएका छन् ।
Tags: Feature , Tech , Topnews

0 comments

Leave a Reply