ब्लग रुचाउने मित्रहरू !

You Are Here: Home - Literature , Topnews - गीत


बाध्यतामा टाढा हुँदा, पर्राई मलाई नसोच है
जूनीभरको माया ला'छु, बैमानी मन नरोज है ।

दुनियाको आँखाभरी, हाम्रो माया सुन बनोस्
बदनामी बनाउनेलाई, हाम्रो साथ नुन बनोस्
पाईला-पाईला तिमी रोजें, पर्राई मलाई नसोच है
जूनीभरको माया ला'छु, बैमानी मन नरोज है ।।

हत्केलामा पोखिएला, मनको झोला थाप माया
जोडी हाम्रो सधैंभरी, बरपीपलझैं दाया-बायाँ
हरघडीको साथी तिमी, पर्राई मलाई नसोच है
जूनीभरको माया ला'छु, बैमानी मन नरोज है ।।।

- Yogesh Yonjan

0 comments

Leave a Reply