चारजना नेपाली चेलीले अन्नपूर्ण चौथो हिमालको सफल आरोहण गरेका छन्। महिलाले अन्नपूर्ण चौथो हिमाल आरोहण गरेको यो पहिलो पटक हो। ६ हजार ८ सय मिटर उचाईको चौथो शिविरबाट राति एक बजे हिँडेका उनीहरुले बिहान सवा ५ बजे शिखरमा पाइला टेकेका थिए।
सोलुखुम्बुकी ३० वर्षीया निर्मा राई र २९ वर्षीया शान्तिकला राई, मनाङकी २४ वर्षीया मुना गुरुङ र पोखराकी २७ वर्षीया सरस्वती विकले ७ हजार ५ सय २५ मिटर अग्लो अन्नपूर्ण चौथो हिमाल आरोहण गरेको नेपाली महिला आरोहण २०११ कार्यसम्पादन समिति संयोजक तथा महिला सशक्तिकरणकी अध्यक्ष लक्की कार्कीले जानकारी दिइन्।
मंगलबार बिहान सवा ५ बजे चेलीहरुले आरोहण गरेको कार्कीले बताइन्। ‘सवा ५ बजे हाम्रा चारजना चेलीहरुले शिखर आरोहण गरेका छन्' उनले भनिन, ‘ज्यादै खुशी लागेको छ, नेपाली चेलीहरुले नाम राख्न सफल भएका छन्।'
कार्कीका अनुसार ६ हजार ८ सय मिटर उचाईको चौथो शिविरबाट राति एक बजे हिँडेका उनीहरु बिहान सवा ५ बजे शिखरमा पाइला हालेका थिए। करिब १० मिनेट शिखरमा बसेर उनीहरु अहिले तल ओर्लँदैछन्। समूहमा चेली सहित ११ जनाको समूह छ। (from agency)

चितवन । चितवनमा व्यावसायिक च्याउ खेतीतर्फ कृषक आकर्षित भएका छन् । च्याउ खेतीबाट राम्रो आम्दानी हुनथालेपछि सो आकर्षण बढेको हो ।गत वर्षको तुलनामा यहाँ ३० प्रतिशत भन्दाबढी कृषक च्याउखेतीमा लागेको जिल्ल्ाा कृषि विकास कार्यालय चितवनले बनाएको छ ।
अहिले चितवनमा एकसय भन्दाबढी किसान च्याउखेती गरिरहेका छन् । चितवनको पदमपुर, कृष्णपुर, शारदानगर, भरतपुर, खैरहनी, पार्वतीपुरमा बढी च्याउ खेती हुनेगरेको छ ।
पूर्वी चितवनको पदमपुरमा मात्रै झण्डै २० भन्दाबढी कृषक व्यवसायिक च्याउ खेतिमा लागेका छन् । अन्य खेतीको तुलनामा राम्रो आम्दानी भएकाले च्याउ खेती गर्न थालेको स्थानीय बाबुराम केसीले बताउनुभयो ।
‘मैले सुरुमा नीजि आवश्यकताका लागि लगाएको थिएँ, पछि माग र आम्दानी हुने देखेपछि व्यावसायिकरूपमा खेती गर्न थालें’, केसीले भन्नुभयो । च्याउ खेतीबाट वाषिर्क रु पाँच लाख भन्दाबढी आम्दानी भएको बताउने केसीले आगामी वर्षका लागि च्याउ खेती थपेको बताउनुभयो । चितवनका कृषकले उत्पादन गरेको च्याउ किलोको २५० मा बिक्री हुनेगरेको छ ।
च्याउ खेतीले तरकारी सरहको आम्दानी दिनेगरेको कृषि कार्यालयले जनाएको छ । च्याउ खेती गर्ने किसानका लागि बीऊमा लाग्ने खर्चको आधा कार्यालयले उपलबध गराउने चितवका कृषि कार्यालय प्रमुख लक्ष्मण पौडेलले बताउनुभयो ।
बिगत एक दशक अघिदेखि चितवनमा च्याउ खेती सुरु गरिएको थियो । तर व्यावसायिकरूपमा खेती सुरु भएको दुई वर्ष जती भएको छ । उच्च शिक्षा पढेकालेसमेत यहाँ च्याउ खेती गर्नथालेका छन् । रासस
आइसल्याण्डका पल अरसनले आफ्नो जीवनभर चर्चामा आउन कुनै कसुर बाँकी राखेनन् । तर भाग्यले साथ नदिएपछि के लाग्छ र ? बाचुञ्जेल नाम कमाउन नसके पनि मरेपछि सबैले सम्झने काम गरेका छन् । विभिन्न जनावरहरुको अनौठो लिङ्गहरु संग्रह गरिएको हुसाभिक शहरस्थित संग्रहालयलाई मृत्युपर्यन्त आफ्नो लिङ्ग दान गर्ने घोषणापछि ९५ वषिर्य अरसन चर्चा बटुल्न सफल भएका थिए ।
यसअघि नै संग्रालयमा हृवेल, भालुलगायत अन्य स्तनधारीहरुको लिङ्ग प्रदर्शनीका लागि राखिएको छ । अरसनको लिङ्गसँगै संग्रालयले पूर्णरुप पाएको संचालक जरतसनले बताए । ‘ १५ वर्षदेखि म अरसनलाई प्रतिक्षा गरेर बसिरहेको थिएँ,’ जरतसनले एक टेलिफोन बार्तामा भने । जनवरी ५ मा मृत्यु भएपछि डाक्टरद्वारा अरसनको लिङ्ग सर्जरी गरि झिकिएको थियो । उनको लिङ्ग दान अहिलेसम्मकै पहिलो घटना हो ।
स्वभावैले मानिस अरुको सिको गर्ने प्रवृतिका हुन्छन् । अरसनको यो हर्कतपछि अमेरिकी, बेलायती र जर्मनलगायत अन्य धेरैले मृत्युपछि आफ्नो लिङ्ग दान गर्न इच्छा जाहेर गरेका छन् । सबैभन्दा लामो स्पर्म हृवेलको लिङ्ग ६७ इन्च रहेको छ । शहरको पर्यटन उद्योग प्रर्वद्वनमा उक्त संग्रहालयले महत्वपूर्ण भूमिका खेलेको छ । प्रत्येक गृष्म ऋतुमा हजारौं पर्यटकहरु संग्रहालय भ्रमणमा आउने गरेको तथ्याङ्क छ ।
आफू सानो छँदा साथीभाईले हृवेल, साँढे आदिको लिङ्गका आकृतिहरु उपहार दिएकाले फ्यालोलोजिकल म्युजियम संचालन गर्न प्रेरित गरेको जरतसनले बताए । ‘६२ लिङ्गसहित मैले यो संग्रहालय १५ वर्षअघि खालेको थिए,’ उनले भने, ‘अहिले २७६ लिङ्गका आकृतिहरु छन् ।’ पहिलो मानब लिङ्ग संग्रहालयमा राखिएपछि पर्यटक आगमनमा बृद्वि हुने उनले आशा गरेका छन् ।
यसअघि नै संग्रालयमा हृवेल, भालुलगायत अन्य स्तनधारीहरुको लिङ्ग प्रदर्शनीका लागि राखिएको छ । अरसनको लिङ्गसँगै संग्रालयले पूर्णरुप पाएको संचालक जरतसनले बताए । ‘ १५ वर्षदेखि म अरसनलाई प्रतिक्षा गरेर बसिरहेको थिएँ,’ जरतसनले एक टेलिफोन बार्तामा भने । जनवरी ५ मा मृत्यु भएपछि डाक्टरद्वारा अरसनको लिङ्ग सर्जरी गरि झिकिएको थियो । उनको लिङ्ग दान अहिलेसम्मकै पहिलो घटना हो ।स्वभावैले मानिस अरुको सिको गर्ने प्रवृतिका हुन्छन् । अरसनको यो हर्कतपछि अमेरिकी, बेलायती र जर्मनलगायत अन्य धेरैले मृत्युपछि आफ्नो लिङ्ग दान गर्न इच्छा जाहेर गरेका छन् । सबैभन्दा लामो स्पर्म हृवेलको लिङ्ग ६७ इन्च रहेको छ । शहरको पर्यटन उद्योग प्रर्वद्वनमा उक्त संग्रहालयले महत्वपूर्ण भूमिका खेलेको छ । प्रत्येक गृष्म ऋतुमा हजारौं पर्यटकहरु संग्रहालय भ्रमणमा आउने गरेको तथ्याङ्क छ ।