ब्लग रुचाउने मित्रहरू !

You Are Here: Home - Society - चितवनका कृषकहरू च्याउ खेतीतर्फ आकर्षित

चितवन । चितवनमा व्यावसायिक च्याउ खेतीतर्फ कृषक आकर्षित भएका छन् । च्याउ खेतीबाट राम्रो आम्दानी हुनथालेपछि सो आकर्षण बढेको हो ।
गत वर्षको तुलनामा यहाँ ३० प्रतिशत भन्दाबढी कृषक च्याउखेतीमा लागेको जिल्ल्ाा कृषि विकास कार्यालय चितवनले बनाएको छ ।
अहिले चितवनमा एकसय भन्दाबढी किसान च्याउखेती गरिरहेका छन् । चितवनको पदमपुर, कृष्णपुर, शारदानगर, भरतपुर, खैरहनी, पार्वतीपुरमा बढी च्याउ खेती हुनेगरेको छ ।
पूर्वी चितवनको पदमपुरमा मात्रै झण्डै २० भन्दाबढी कृषक व्यवसायिक च्याउ खेतिमा लागेका छन् । अन्य खेतीको तुलनामा राम्रो आम्दानी भएकाले च्याउ खेती गर्न थालेको स्थानीय बाबुराम केसीले बताउनुभयो ।
‘मैले सुरुमा नीजि आवश्यकताका लागि लगाएको थिएँ, पछि माग र आम्दानी हुने देखेपछि व्यावसायिकरूपमा खेती गर्न थालें’, केसीले भन्नुभयो । च्याउ खेतीबाट वाषिर्क रु पाँच लाख भन्दाबढी आम्दानी भएको बताउने केसीले आगामी वर्षका लागि च्याउ खेती थपेको बताउनुभयो । चितवनका कृषकले उत्पादन गरेको च्याउ किलोको २५० मा बिक्री हुनेगरेको छ ।
च्याउ खेतीले तरकारी सरहको आम्दानी दिनेगरेको कृषि कार्यालयले जनाएको छ । च्याउ खेती गर्ने किसानका लागि बीऊमा लाग्ने खर्चको आधा कार्यालयले उपलबध गराउने चितवका कृषि कार्यालय प्रमुख लक्ष्मण पौडेलले बताउनुभयो ।
बिगत एक दशक अघिदेखि चितवनमा च्याउ खेती सुरु गरिएको थियो । तर व्यावसायिकरूपमा खेती सुरु भएको दुई वर्ष जती भएको छ । उच्च शिक्षा पढेकालेसमेत यहाँ च्याउ खेती गर्नथालेका छन् । रासस
Tags: Society

0 comments

Leave a Reply