ब्लग रुचाउने मित्रहरू !

You Are Here: Home - Politics - भारतीय विदेशमन्त्री कृष्णा नेपाल आउँदै

काठमाडौं । नेपालमा संविधानसभाको म्याद थप्ने वा नथप्ने भन्नेबारे दलहरुबीच छलफल सुरु हुँदै गर्दा भारतीय विदेशमन्त्री एसएम कृष्णा तीन दिने नेपाल भ्रमणका क्रममा आगामी बुधबार काठमाडौं आउँदै हुनुहुन्छ ।
झलनाथ खनाल नेतृत्वको सरकार गठन भएपछि भारतीय पक्षबाट हुन लागेको यो उच्चस्तरिय भ्रमण हो । विदेश सचिव निरुपमा रावसहित नेपाल आउन लागेका कृष्णाले प्रधानमन्त्री झलनाथ खनाललाई भारत भ्रमणको निम्तो दिनु हुने स्रोतले जनाएको छ । भारतीय टोलीले माओवादीको भारत विरोधी गतिविधिप्रति माओवादीसमेत संलग्न सरकारको ध्यानाकर्षण गराउने बताइएको छ । ‘भ्रमणका क्रममा भारतले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणप्रति आफ्नो प्रतिवद्धता जनाउँछ’ एक भारतीय राजनीतिज्ञले भनेका छन्-’भारतीय कम्पनीमाथि भइरहेको अवरोध र भारत विरोधी माओवादी गतिविधीको मुद्धालाई पनि भारतीय टोलीले उठाउने छ ।’ उनका अनुसार भारतीय टोलीले सुपदर्गी सन्धी, नेपाल-भारत सीमाको नक्सामा हप्ताक्षर लगायतका विषयलाई पनि उठाउने तयारी गरेको छ ।
भारत मिमिलाका जानकार पत्रकार युवराज घिमिरेले पनि भ्रमणमा कृष्णाले माओवादीको बढ्दो भारत विरोधी गतिविधी, भारतीय व्यापारीहरुको हत्या लगायतका विषयलाई उठाउने बताउनु हुन्छ । उहाँका अनुसार पछिल्लो समय भारतको नेपाल नीति असफल भएकाले त्यसको समिक्षा गर्नु पनि भ्रमणको उदेश्य हो । ‘पछिल्लो समय भारतको नेपाल नीति पूर्ण रुपमा असफल भइसकेको छ’ उहाँले भन्नुभयो-’यस्तो अवस्थामा भारतले कुनै निर्णयक भुमिका त खेल्न सक्दैन, तर मधेसवादी र कांग्रेसलाई आफ्नो अनुकुल वातावरण बनाउन सुझाउन सक्छ ।’
एक राजनीतिक बिश्लेषकका अनुसार प्रचण्डको भारत भ्रमणअघि उनैको समर्थनमा प्रधानमन्त्री बनेका खनाललाई दिल्लीमा रातो कार्पेट बिछ्याउनु यो भ्रमणको पहिलो उद्देश्य हो । खनालमार्फत माओवादी नेतृत्वको चाहना बुझेपछि सोहीअनुसार रणनीति अख्तियार गर्ने भारतको दाउ छ । दिल्ली जान पटक पटक प्रयास गरेपनि भारतले माओवादी अध्यक्ष प्रचण्डलाई दिल्ली बोलाउन अस्वीकार गरेको छ । बरु दिल्लीले मधेसवादी नेताहरुलाई औपचारिक निम्तो दिएर भारत बोलाई उच्च सम्मान देखाएको छ ।
नेपालको छैन तयारी
नेपाल सरकारले भने भारतीय विदेशमन्त्री स्तरको भ्रमणमा उठाउने एजेण्डाहरुमा साखै तयारी गरिसकेको छैन । प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार मिलन तुलाधरले भ्रमणमा भारतसँगको सम्वन्ध सुधार गर्नु नै सरकारको प्राथकिमतामा रहेको बताउनुभयो । ‘यो भ्रमणमा धेरै कुरा राजनीतिकस्तरमा सम्वन्ध सुधारमा जोड रहन्छ’ अनलाइनखबरसँग कुरा गर्दै तुलाधरले भन्नुभयो-’हाम्रो कुरा राख्ने र भारतको इन्टे्रष्ट सुन्ने काम हुन्छ ।’ उहाँका अनुसार कृष्णासँग दिपक्षीय वार्ताका लागि सरकारले उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी वा रक्षामन्त्री विष्णु पौडेललाई जिम्मेबारी दिने तयारी भइरहेको छ ।
पहिले भारत
बालुवाटार स्रोतका अनुसार भ्रमणका क्रममा कृष्णाले भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको भारत भ्रमणको निम्तो दिए खनाल भारतबाटै आफ्नो बिदेशभ्रमण थाल्ने योजनामा हुनुहुन्छ । यसबारे सोधिएको प्रश्नमा तुलाधरले भारतले निम्तो दिए पनि टर्की भ्रमण अगाडी भारत जान सम्भव हुने/नहुने अहिले नै भन्न नसकिने बताउनु भयो ।
खनाल वैशाख २४ गते टर्की जाने कार्यक्रम छ । उहाँका अनुसार खनालले भारत र चीन भ्रमणलाई उच्च प्राथमिकतामा राख्नु भएको छ । प्रधानमन्त्री निकटहरुले बताएअनुसार भारतीय स्नेहबिना नेपालमा सरकार चल्न नसक्ने यर्थाथ खनालले राम्ररी बुझ्नुभएको छ । प्रचण्डले पहिलो भ्रमण चीनबाट गर्दा अप्ठ्यारो परेको ठान्दै खनालले पहिलो भ्रमण भारतै होस भन्ने चाहेको बालुवाटार निकटहरुको भनाई छ । प्रधानमन्त्रीका सल्लाहाकार पनि यसलाई स्वीकार्छन् । ‘सैद्धान्तिक रुपमा सम्वन्ध सुधारका दृष्टिले दुई छिमेकी भारत र चीन भ्रमणलाई प्रधानमन्त्री ज्यूले प्राथमिकता दिनु भएको छ’ तुलाधरले भन्नुभयो-’तर यो पक्का हो कि उहाँ चीन भन्दा पहिला भारत जानुहुन्छ ।’ (onlinekhabar.com)
Tags: Politics

0 comments

Leave a Reply