ब्लग रुचाउने मित्रहरू !

You Are Here: Home - Society , Topnews - लिङ्ग काटेर संग्रहालयमा

आइसल्याण्डका पल अरसनले आफ्नो जीवनभर चर्चामा आउन कुनै कसुर बाँकी राखेनन् । तर भाग्यले साथ नदिएपछि के लाग्छ र ? बाचुञ्जेल नाम कमाउन नसके पनि मरेपछि सबैले सम्झने काम गरेका छन् । विभिन्न जनावरहरुको अनौठो लिङ्गहरु संग्रह गरिएको हुसाभिक शहरस्थित संग्रहालयलाई मृत्युपर्यन्त आफ्नो लिङ्ग दान गर्ने घोषणापछि ९५ वषिर्य अरसन चर्चा बटुल्न सफल भएका थिए ।
यसअघि नै संग्रालयमा हृवेल, भालुलगायत अन्य स्तनधारीहरुको लिङ्ग प्रदर्शनीका लागि राखिएको छ । अरसनको लिङ्गसँगै संग्रालयले पूर्णरुप पाएको संचालक जरतसनले बताए । ‘ १५ वर्षदेखि म अरसनलाई प्रतिक्षा गरेर बसिरहेको थिएँ,’ जरतसनले एक टेलिफोन बार्तामा भने । जनवरी ५ मा मृत्यु भएपछि डाक्टरद्वारा अरसनको लिङ्ग सर्जरी गरि झिकिएको थियो । उनको लिङ्ग दान अहिलेसम्मकै पहिलो घटना हो ।
स्वभावैले मानिस अरुको सिको गर्ने प्रवृतिका हुन्छन् । अरसनको यो हर्कतपछि अमेरिकी, बेलायती र जर्मनलगायत अन्य धेरैले मृत्युपछि आफ्नो लिङ्ग दान गर्न इच्छा जाहेर गरेका छन् । सबैभन्दा लामो स्पर्म हृवेलको लिङ्ग ६७ इन्च रहेको छ । शहरको पर्यटन उद्योग प्रर्वद्वनमा उक्त संग्रहालयले महत्वपूर्ण भूमिका खेलेको छ । प्रत्येक गृष्म ऋतुमा हजारौं पर्यटकहरु संग्रहालय भ्रमणमा आउने गरेको तथ्याङ्क छ ।
आफू सानो छँदा साथीभाईले हृवेल, साँढे आदिको लिङ्गका आकृतिहरु उपहार दिएकाले फ्यालोलोजिकल म्युजियम संचालन गर्न प्रेरित गरेको जरतसनले बताए । ‘६२ लिङ्गसहित मैले यो संग्रहालय १५ वर्षअघि खालेको थिए,’ उनले भने, ‘अहिले २७६ लिङ्गका आकृतिहरु छन् ।’ पहिलो मानब लिङ्ग संग्रहालयमा राखिएपछि पर्यटक आगमनमा बृद्वि हुने उनले आशा गरेका छन् ।
Tags: Society , Topnews

0 comments

Leave a Reply