ब्लग रुचाउने मित्रहरू !

You Are Here: Home - Tech - सरकारी विद्यालयमा प्राथमिक तहमै कम्प्युटर शिक्षा

हाम्रो देशको सरकारी पाठ्यक्रमका अनुसार कम्प्युटर विषयको औपचारिक रुपमा अध्ययन गर्न निम्न माध्यमिक तह उत्तीर्ण गर्नुपर्छ । तर दोलखामा रहेको एक सरकारी विद्यालयले ३ कक्षादेखि नै आˆना विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा प्रदान गर्दै आएको छ । दोलखाको भिमेश्वर नगरपालिका ११ काउलेमा रहेको सेतीदेवी निमाविमा १ वर्ष अगाडिबाट नियमित रुपमा कम्प्युटर कक्षा सुरु गरिएको हो ।

सरकारी पाठ्यक्रममा नभए पनि निजी विद्यालयको पाठ्यक्रमलाई आधार मानि कक्षा सञ्चालन गरिएको विद्यालयका कम्प्युटर शिक्षक सुरेश लिम्बु बताउनुहुन्छ । "समयअनुसारको शिक्षा प्रदान गर्नका लागि पाठ्यक्रममा नभएपनि निजी विद्यालयको पाठ्यक्रममा आधारित भई कम्प्युटर शिक्षा प्रदान गरिएको लिम्बुले बताउनुभयो ।

अहिलेको अवस्थामा कम्प्युटर शिक्षा अति नै महत्वपूर्ण भएका कारण प्राथमिक तहबाट नै विद्यार्थीका लागि कम्प्युटर शिक्षा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक कृष्ण खत्रीको तर्क छ । "सरकारी विद्यालयमा पढाइ राम्रो हुदैन भन्ने आम बुझाइलाई परिवर्तन गर्न पनि कम्प्युटर कक्षा सञ्चालन गरिएको हो । अहिलेका प्रतिस्पर्धात्मक जमानामा सूचना प्रविधिमा जानकार नहुने मानिसले हरेक स्थानमा प्रतिस्पर्धा गर्न नसक्ने हुनाले हामीले प्राथमिक तहमा नै कम्प्युटर कक्षा सञ्चालन गरेका हौा ।" खत्री भन्नुभयो । अहिलेको संसारमा सैद्धान्तिक ज्ञानभन्दा व्यावहारिक ज्ञान धेरै महत्वपूर्ण हुने भएका कारण प्राथमिक तहमै कम्प्युटर कक्षा चलाएर विद्यालयले धेरै राम्रो काम गरेको अभिभावक ध्रुव खड्काले बताउनुभयो ।
Tags: Tech

0 comments

Leave a Reply