ब्लग रुचाउने मित्रहरू !

You Are Here: Home - Literature - प्रेम सम्बन्धि हाइकुहरु



मनै रमायो
साकुरा फूल्नाले की
तिम्रो मायाले ?

केही त होस
अबको यो सालमा
तिम्रो र मेरो

महिना बित्यो
अनि बर्ष बितेनी
पालो आएन

चर्किलो घाम
बैसाखको याममा
तिम्रो छहारी

खल्लो हुनेभो यो नयाँ साल पनि तिमी बिनानै
–कृष्ण के श्रेष्ठ (from tokyonepal)
Tags: Literature

0 comments

Leave a Reply