ब्लग रुचाउने मित्रहरू !

You Are Here: Home - Politics , Topnews - नेपालमा पनि कानून रहेछ !

बल्ल नेपालमा पनि कानून छ अनि भ्रष्टाचार, अनियमितता तथा नियमविपरित काम गर्नेलाई कानूनले ठीक पार्छ भन्ने आभाष हुन थालेको छ । विशेष अदालतले दिएको सफाईलाई बदर गर्दै सर्वोच्चले पर्ूवमन्त्री वाग्लेलाई जेल पठाएपछि सुरु भएको भ्रष्टाचार तथा अनियमितताविरोधी अभियानले अहिलेसम्म निरन्तरता पाईरहेको छ ।
पर्ूवमन्त्री वाग्लेपछि कारबाहीमा पर्दै गरेका अन्य विशिष्ट ओहदाका व्यक्ति, व्यापारी अनि सभासदहरुको लहर लामै छ । पछिल्ले समय सभासद डीवी कार्कीमाथिको कारबाही तथा अर्थराज्यमन्त्री लारक्याल लामाले दिएको राजीनामा पनि यसैको एउटा सिलसिला थियो । लामालाई स्वतन्त्र तिव्वत आन्दोलनको साथ दिएको तथा विभिन्न तिन देशको नागरिकता दिई कानूनको दुरुपयोग गरेको आरोप छ । उनको राजीनामासँगै यो उनको कर्तुत प्रष्टिँदै गएको छ । त्यस्तै कूटनीतिक राहदानी दुरुपयोगको अभियोग लागेका सभासदद्वय वीपी यादव र यागत्री साहविरुद्धको कारबाही श्रृंखलाले पनि यसको निरन्तरता पाएको हो ।
सरकार तथा न्यायिक निकायहरुले खुट्टा नकमाईकन यस्ता व्यक्तिहरुलाई कारबाही गर्दै जाने हो भने यहाँ अधिकांश दलका उच्च नेता, कार्यकर्ता, व्यापारी तथा अन्य विशिष्ट व्यक्तिहरुको लामै सूचि बन्न सक्छ । कानूनी राज्यको साख उच्च राख्न एवं देशलाई आर्थिक विकासतिरको बाटोमा अग्रसर गराउन पनि यसले एउटा प्रमुख भूमिका खेल्न सक्छ । मुलुकको संक्रमणकालको फाइदा उठाएर जनता ठग्ने यस्ता यस्ताहरुलाई कारबाही गर्दै जानर्ुपर्छ । जनताले चाहेको शान्ति, स्वतन्त्रता, न्याय अनि उच्च आर्थिक हैसियत तव बन्छ जब देशले कानूनि राज्यको प्रत्याभूति जनतालाई दिन सक्छ ।
Tags: Politics , Topnews

0 comments

Leave a Reply