ब्लग रुचाउने मित्रहरू !

You Are Here: Home - Entertainment - भुवनकी नयाँ गर्लफ्रेन्ड !


 भुवन केसी अर्थात् नेपाली सिनेमा जगतका 'प्लेब्वाई' अन्ततः आफ्नो जीवनको उत्तर्रार्ध सुरु हुनै लाग्दा नयाँ जीवन जिउने प्रयास गर्दैछन् । उनले पछिल्लो समय भुवनले एक ‘लड्की’लाई गर्लफ्रेन्ड भन्दै सार्बजनिक कार्यक्रममा परिचयमात्र गराएनन, उनले आफुलाई गर्ने केयर गुन तिर्नै नसक्नेसम्मको निष्र्कष सुनाए ।
कुरा गत शुक्रबार बेलुकीको हो । नायिका रेजिना उप्रेतीले कविता श्रेष्ठसँग मिलेर बनाउन लागेको चलचित्र ‘बरदान’को मूहुर्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको अतिथिका रुपमा बोलाइएका भुवन केसी एक युवतीको हात समाउँदै कार्यक्रमस्थलमा प्रवेश गरेर सुटुक्क कुर्सीमा बसे । सुस्मितासंग सम्बन्ध बिच्छेद गरेर बसेका भुवनले कुनचाहिं युवतीको हात समातेर आए भनेर कार्यक्रममा सहभागी सवैले उनीहरुमाथि आँखा लगाइरहे । जव आयोजकले भुवनलाई ड्यासमा बोलाए तब भुवनसंगै आएकी ती युवती एक्लै कुर्सीमा बसिरहिन् ।
सवैले उनैमाथि आँखा लगाएपछि भुवनले ती युवतीलाई आफ्नो ‘नयाँ गर्लफ्रेन्ड’ भनेर परिचय गराए । परिचयसँगै सहभागीहरुले उनको नाम र युवतीका बारेमा जान्न चाहेपनि भुवनले सवै कुरा खोलेनन् । उनले आफुलाई धेरै माया र केयर गर्ने भन्दै भुवनले ती युवतीको खुवै प्रसंसा गरे । आफ्नी नयाँ गर्लफ्रेन्डलाई ‘बिजनेस वीमन’ भनेर चिनाएका उनले बाँकी कुरा बताउन चाहेनन् ।
हालै भुवन केसीले एक पत्रिकालाई अन्तरवार्ता दिँदै यसै बर्षभित्र बिबाह हुनसक्ने बताएका थिए । पछिल्ला दिनमा भुवन ती युवतिसंगै रेष्टुँरा र होटलहरुमा देखिने गरेका छन् । कतिपयले भुवनले यीनै नयाँ युवतीसंग बिबाह गर्न लागेको अनुमान लगाएका छन् ।
नयाँ चलचित्र रिलिज हुनै लागेका बेला नयाँ नयाँ पब्लिसिटी स्टन्ट गर्ने भुवनले यो पनि आफ्नो नयाँ चलचित्र ‘साथी म तिम्रो’ चलाउन गरेको स्टन्टका रुपमा पनि लिन थालेका छन् । डिभोर्स गरेकी दोस्री श्रीमति सुस्मिता केसीलाई देखाउन पनि उनले नयाँ गर्लफ्रेन्ड सार्बजनिक गरेको चर्चा फिल्मीबजारमा सुरु भएको छ । स्रोतका अनुसार सो कार्यक्रममा उनले सुष्मितालाई नबोलाउन आयोजकसमक्ष सर्त राखेका थिए ।
आइतवारका मिडियाहरुमा नयाँ गर्लफ्रेन्डसहितको तस्वीर छापिएपछि भुवनले ती पत्रकारहरुलाई फोन गरि धन्यवाद दिएका छन् । भुवनको यो चालाबाट उनी नयाँ गर्लफ्रेन्डबारे चर्चा होस भन्ने मनस्थीतिमा रहेको भन्न सकिन्छ । (onlinekhabar)

0 comments

Leave a Reply