ब्लगलाई परिस्कृत गर्ने क्रममा मेरो ब्लगगको बायाँ र्साईडबारमा राखिएको 'फोटो ब्लग' लिङ्कलाई पर्ूण्ाता प्रदान गर्ने क्रम लगभग अन्तिम चरणमा पुगेको छ । मैले आज फोटो ब्लगको औपचारिक प्रकाशन गरेको छु । आफ्नै दर्ुइ-चार फोटोहरु प्रकाशन गरेर सुरु गरेको यस ब्लगमा म आफूले खिचेका र आफ्नै व्यक्तिगत र पारिवारिक फोटोहरु प्रकाशन गर्दै जानेछु । मैले यो टेम्प्लेट पनि 'सिम्प्लेक्स डिजाईन'बाट नै लिईएको हो ।
पछिल्लो समय मैले ब्लगमा केही सुधार हुने कुरा देखें । हुन त मैले पहिले पनि भनिसकें, मैले ब्लग प्रयोग गरेको धेरै भयो भनेर । तर मैले यो 'सिम्प्लेक्स डिजाईन' ब्लग टेम्प्लेट प्रयोग गरेर तयार गरेको दोस्रो ब्लग हो । पहिले मैले न्यूज पेपरको लागी प्रयोग गरेको थिएँ तर अर्के 'टेम्प्लेट' । अहिलेको यो टेम्प्लेट पनि 'म्यागाजिन स्र्टाईल'को नै छ तर यसलाई मैले मेरो नितान्त व्यक्तिगत ब्लगको रुपमा प्रयोग गर्नको लागि सुरु गरेको हुँ । मलाई टेम्प्लेट कस्टमाईज गर्न पनि अलि गाह्रो जस्तो भएको थियो पहिलो टेम्प्लेटमा तर यसमा धेरै सजिलो भयो । एउटै उत्पादन भएर होला ।
अब मैले हरेक 'क्याटगोरी'मा दर्ुइ-दर्ुइ 'आईटम पब्लिस' गरे पछि टेम्प्लेट पूरा सेटिङ हुने कुरामा विश्वस्त छु । हेरौं मेरो आशा कतिको पूरा होला । ... आउने दिनमा अरु लेख्नेछु् । मलाई ठ्याक्कै मिति याद नभए पनि म करिब-करिब ६ वर्षपहिलेदेखिको Blogger User हुँ । तर यो लामो अन्तरालमा मैले 'ब्लगर ब्लग' लाई नितान्त ब्लगिङभन्दा पनि वेभ-र्साईटको स्र्टाईलमा विकास गर्ने कोसिस गरेको थिएँ । मैले त्यहि दौरान केही ब्लगहरु सिर्जना गरेको थिएँ, जो अहिले पनि मैले प्रयोग गर्ने गरेको छु ।
अहिले धेरै पछि आएर, मैले एउटा ब्लग सुरू गरेको छु जहाँ म जीवनभर आफ्ना विचार, लेख र अन्य सामग्रीहरु प्रकाशन गर्ने कोशिष गर्नेछु । आगामी दिनमा म आफ्ना अप्रकाशित सामग्रीहरु यहाँ राख्नेछु अनि नयाँ सामग्रहरु पनि ।



